कुनै पनि तहमा टिकटकको प्रयोग भइरहेको भेटिएमा तत्काल जानकारी गराउनूः दूरसञ्चार प्राधिकरण
नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार १०:३२:३९
३ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कही कतै टिकटकको प्रयोग भइरहेको पाएमा तुरुन्तै जानकारी दिन अनुरोध गरेको छ । टिकटकमा कतैबाट पनि पहुँच भइरहेको भए जानकारी गराउन अनुरोध गरेको हो ।
प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन अनुरोध गरेको हो ।
प्राधिकरणबाट निर्देशन भइसक्दा पनि निर्देशनको कार्यान्वयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए त्यस्तो कम्पनीको बारेमा जानकारी गराउन अनुरोध गरेको हो ।
गत कात्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले टिकटकको तत्काल प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । हिले टिकटक नियन्त्रणबारे विभिन्न बहस भइरहेका छन् । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि यसको एकथरीले समर्थन र अर्काथरीले विरोध गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने
पुष १८, २०८१ बिहिबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
लोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार