पहिलो त्रैमासमा गत वर्षको भन्दा ८ अर्ब बढी उठ्यो राजश्व
नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार १६:१०:२
३ मंसिर, काठमाडौं । सरकारी राजश्व गत वर्षभन्दा ८ अर्बले बढी संकलन भएको छ । गत आर्थिको वर्षकोभन्दा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा राजस्व असुली आठ अर्बले बढेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिकसम्ममा २ खर्ब ७८ अर्ब रुपैयाँ राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको १९.६ प्रतिशत र गत वर्षभन्दा ८ अर्ब बढी हो ।
चालु वर्षमा सरकारले १७ खर्ब ५१ अर्बको बजेट ल्याएको छ । यसमा राजस्व संकलनको लक्ष्य १४ खर्ब २२ अर्ब छ । गत वर्ष राजस्व लक्ष्य १४ खर्ब ३ अर्ब रुपैयाँ थियो भने पहिलो चौमासिकमा २ खर्ब ७० अर्ब रुपैयाँ उठाएको थियो । चालु आवको पहिलो चौमासिकमा कर राजस्व २ खर्ब ५६ अर्ब संकलन भएको छ । गत वर्ष यही अवधिमा कर राजस्व २ खर्ब ४८ अर्ब संकलन भएको थियो ।
महालेखाका अनुसार चालु आवको पहिलो चौमासिकमा अन्य राजस्व संकलन १६ अर्ब २५ करोड रुपैयाँ भएको छ । गत वर्षको यही अवधिमा यस्तो कर २३ अर्ब उठेको थियो । पहिलो चौमासिकमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च ३ खर्ब ५५ अर्ब पुगेको छ । चालुतर्फ २३.७५ प्रतिशत, पुँजीगततर्फ प्रतिशत ९.९३ र वित्तीय व्यवस्थातर्फ १७.७२ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४१ अर्ब विनियोजन गरेको छ, जसमध्ये हालसम्म २ खर्ब ७१ अर्ब खर्च भएको छ । यसैगरी पुँजीगतमा ३ खर्ब २ अर्ब विनियोजन गरेकोमा २९ अर्ब ९८ करोड खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब विनियोजन भएकोमा ५४ अर्ब ४६ करोड खर्च भएको छ ।
चालु आवमा सरकारले कर राजस्व संकलन लक्ष्य १३ खर्ब लिएको छ । गत वर्षको लक्ष्य १२ खर्ब थियो । गत वर्ष सरकारले गैरकर राजस्व संकलन लक्ष्य १ खर्ब राखेको थियो भने पहिलो चौमासिकमा २२ अर्ब ४१ करोड उठाएको थियो । चालु आवमा गैरकर राजस्व संकलन लक्ष्य १ खर्ब १७ अर्ब रहेकोमा पहिलो चौमासिकमा २२ अर्ब ३९ करोड रुपैयाँ उठेको छ । यो वार्षिक लक्ष्यको १९.१३ प्रतिशत हो ।
वैदेशिक अनुदान २ अर्ब ७५ करोड रुपैयाँ आएको छ । सरकारले अनुदानको लक्ष्य ४९ अर्ब ९४ करोड राखेको छ । चालु आवको पहिलो चौमासिकमा लक्ष्यको ५.५२ प्रतिशत अनुदान आएको छ । गत वर्ष सरकारले ५५ अर्बको अनुदान लक्ष्य राखेकोमा पहिलो चौमासिकमा ३ अर्ब ४१ करोड रुपैयाँ उठाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार