मन्त्रालय बढाउने कुरामा केन्द्रले हस्तक्षेप गरे कांग्रेस सरकारबाट बाहिरिन्छः पुन
नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १३:५५:२९
५ मंसिर, दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुनले लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउने कुरा सान्दर्भिक नहुने बताएका छन् । उनले लुम्बिनी प्रदेश सरकार गठनमा केन्द्रबाट हस्तक्षेग गरेर सहमति गराउन खोजे कांग्रेस सरकारबाट बाहिरिने बताएका छन् ।
मंगलबार नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट तथा चियापान कार्यक्रममा सभापति पुनले यस्तो भागबण्डा मिलाउन मन्त्रालयको संख्या बढाउन नमिल्ने बताए । यस विषयमा सोमबार पनि माओवादी केन्द्रका नेताहरुसँग छलफल भएको थियो ।
सोमबार सत्ता साझेदार माओवादीका नेताहरूसँग भएको छलफलमा माओवादीका नेता वर्षमान पुनले प्रदेशमा सहमति नभए केन्द्रीय स्तरबाट सहमति गराउने प्रयास हुने बताएपछि आफूले केन्द्रको हस्तक्षेप मान्न नहुने बताएको पुनले बताए ।
सभापति पुनले प्रदेश सरकार गठनमा कुनै पनि मन्त्रालय नबढाउने गरि पूर्णता दिन कांग्रेस प्रदेश समितिको वटमलाईन भएको जानकारी गराउँदा माओवादीका उपसचिव पुनले केन्द्रीय स्तरबाट मिल्छ भन्ने कुरा राखेका थिए । सभापति पुनले कांग्रेस सरकार छोड्न तयार रहेको तर, केन्द्रको दवावमा प्रदेश सरकार र मन्त्रालयमा तलमाथि गर्न नदिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार