बैतडीका शक्तिपीठमा जात्राको रौनक
नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १४:५८:१५
५ मंसिर, बैतडी । बैतडीका शक्तिपीठमा जात्राको रौनक छाएको छ । जात्राकै लागि यहाँका चारवटा स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ । स्थानीय शक्तिपीठमा जात्रा रहेकाले पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, डिलासैनी गाउँपालिका र दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा दिइएको हो ।
पाटन नगरपालिका–२ स्थित प्रसिद्ध महारुद्र धाममा लागेको जात्राका अवसरमा सार्वजनिक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्थालगायत बन्द रहने छन् । महारुद्र जात्रामा स्थानीयको सहभागिता रहने र यो क्षेत्रको मुख्य धार्मिकस्थल भएकाले बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
यस्तै शिवनाथ गाउँपालिकामा पनि आज सार्वजनिक बिदा दिइएको छ । प्रसिद्ध शिवनाथधामको जात्राका अवसरमा सोमबार र मङ्गलबार दुई दिन सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । शिवनाथ जात्रामा स्थानीयको उल्लासमय सहभागिता रहने भएकाले पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ । शिवनाथ धामको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् ।
यसैगरी डिलासैनी गाउँपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिका–५ स्थित प्रसिद्ध कफलासैनी भगवती मन्दिरमा लाग्ने जात्राका अवसरमा बिदा दिइएको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । कफलासैनी यो क्षेत्रको मुख्य शक्तिपीठ हो । दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्र बुधबार सार्वजनिक बिदा दिएको छ । दशरथचन्द–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राका अवसरमा बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार