हमासले पहिलो चरणमा रिहा गर्ने ५० जनाभित्र नेपालका वीपिन जोशीको सम्भावना कति ?
नेपालबहस संवाददाता
मंसिर ६, २०८० बुधबार १०:२९:५४
६ मंसिर, काठमाडौं । इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको खबर बाहिरिएपछि नेपाल सरकारले पनि हराइरहेका एक नेपाली विपिन जोशीका बारे थप चासो बढाएको छ ।
इजरायलस्थित नेपाली दूतावासले हमासले रिहा गर्ने ५० जनाभित्र विपिन पनि पर्न सक्ने गरि प्रयास गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले हमासले पहिलो चरणमा ५० जना रिहा गर्ने सहमति भएपछि दूतावासलाई त्यहाँको अवस्था अनुसार पहल गर्न भनेको जनाएको छ ।
बीबीसीमा अनुसार इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले ५० जना पहिलो चरणमा रिहा गर्न सहमति भएको छ । तर, नेपाल विपिन जोशीको अवस्था अझै अज्ञात नै छ । उनलाई हमासले एक अस्पतालमा बन्दक बनाएर राखेको भीडीयो सार्वजनिक गरेपछि उनी सकुशल रहेको बताइएको थियो ।
प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउनका लागि प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई आज सरकारले मन्जुरी दिएको छ । यस अनुसार ५० बन्धक (महिला र बच्चासमेत)चार दिनभित्र रिहा हुनेछन् । यस क्रममा लडाइ रोकिने छ ।’
बन्धक बनाइएकाहरुलाई रिहा गरिसकेपछि भने हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने इजरायलले जनाएको छ । हमासले मानवीय सहायताका लागि युद्ध विराममा सहमति भएको जनाएको छ । यस सहमतिका लागि मध्यस्थता गरेको भन्दै हमासले कतार र इजिप्टप्रति आभार व्यक्त गरेको छ ।
सोमबारदेखि नै इजरायल सरकार र हमास युद्धविरामका लागि सहमति नजिक रहेका समाचारहरू सार्वजनिक भएका थिए । नेपाली युवक विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेको इजरायल सरकारले जनाएको छ । तर उनको अवस्था रिहाइबारे केही प्रष्ट भएको छैन ।
युद्ध विराम र बन्दी रिहाइ सम्बन्धी प्रस्ताव इजरायलको मन्त्रिपरिषदबाट पारित भएपछि हमासको कब्जामा रहेका करिब दुई सय जनाको रिहाइ प्रक्रिया सुरु हुने बताइएको छ । यसै अन्तर्गत पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका ५० जना रिहा हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार