युवा संघका कार्यकर्ता बताउनेबाट पार्टी प्यालेसमा सुतिरहेका प्रसाईंका समर्थकमाथि अमानवीय व्यवहार
नेपालबहस संवाददाता
मंसिर ६, २०८० बुधबार ११:८:०
६ मंसिर, काठमाडौं । मंसिर ७ गते काठमाडौंमा हुने आन्दोलनमा सहभागी हुन विभिन्न जिल्लाबाट काठमाडौं आएका दुर्गा प्रसाईंका समर्थकलाई राति पार्टी प्यालेसमा सुतेको अवस्थामा नेकपा एमाले निकट युवा संघका कार्यकर्ताले लखेटेको भीडीयो सार्वजनिक भएको छ । यो भीडीयो सार्वजनिक भए लगत्तै नेकपा एमालेको चर्को आलोचना सुरु भएको छ ।
यता, एमाले निकट युवा संघ नेपालले भने युवा संघ कार्यकर्ताबाट यस्तो अमानवीय हर्कत हुन नसक्ने भन्दै आफूहरूलाई बदनाम गराउन कसैबाट यस्तो नियोजित काम भएको बताएको छ । उसले यस प्रकरण छानविन गर्ने जनाएको छ ।
मंगलबार इटहरीबाट आएका प्रसाईंका समर्थक बसेको लोकन्थलीस्थित पार्टी प्यालेसबाट मध्यरातमा एमाले समर्थक युवा संघका कार्यकर्ताले उनीहरूलाई निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भाइरल भिडियोलाई युवा संघले अस्वीकार गरेको छ भने आफूहरूको बदनाम गराउनका लागि गरिएको षडयन्त्र भनेको छ । प्रसाईं समर्थकले भने युवा संघका कार्यकर्ताले नै यस्तो हर्कत गरेको आरोप लगाएका छन् ।
राति साढे ११ बजेतिर पार्टी प्यालेस पुगेको समूहले त्यहाँ रहेका पाहुनालाई बाहिर निकालेको सञ्चालक तेजबहादुर कुँवरले जानकारी दिए । सार्वजनिक भएको भिडियोमा सुतिरहेका महिलालाई कपडा लगाउन पनि नदिइ हतार हतारमा निकालिएको छ ।
भीडीयोमा हामी जान्छौँ तर लुगा लगाउन त दिनु, सुतिरहेका महिलाले अनुरोध गर्दै भनेकी छन्, हामी पनि तपाईंहरुकै चेली हौँ । दुर्गा प्रसाईं भन्दै उफ्रिँदै ? उनीहरूलाई बस्न नदिने चेतावनी उक्त भिडियोमा दिइएको छ । पार्टी प्यालेस सञ्चालक तेजबहादुर कुँवरले राति ११ बजे आफूलाई फोन गरेर यहाँ प्रसाईंका समर्थक नराख्न दबाब दिइएको बताए ।
उनका अनुसार अब संघमा छलफल गरेर आफूहरू अघि बढ्ने तयारी भएको छ । प्रसाईंका प्रेस सल्लाहकार सज्जनराज पोखरेलले राति युवा संघका कार्यकर्ताले आफूहरूका समर्थकलाई निकालेपछि गौशालास्थित धर्मशालामा लगेर राखेको बताए । यता, युवा संघले भने यस्तो हर्कत युवा संघका कार्यकर्ताले गर्न नसक्ने दावी गरेको छ ।
युवा संघका प्रवक्ता निरोज पौड्यालले बुधबार दिउँसो गर्ने कोणसभा र बिहीबार तीनकुनेमा गर्ने प्रदर्शनको पूर्व तयारीका लागि राति अबेरसम्म केन्द्रीय कार्यालयमा बसेर योजना बनाएको तर राति महिलाहरूलाई लखेट्न नगएको बताए । आफूहरूलाई बदनाम गराउन र सात गतेको कार्यक्रमलाई असफल बनाउन विरोधी तत्व लागेको उनले जिकिर गरे । यद्यपि संगठनभित्र यसबारे छानबिन गर्ने र कसैको संलग्नता देखिए कारबाही गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार