बामपन्थीबीच एकता सम्भव हुँदैन, एमाले एक्लै आन्दोलनमा जानुपर्छः ओली

नेपालबहस संवाददाता
मंसिर ६, २०८० बुधबार १४:११:२३

६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थीबीच एकता गरेर नयँ ढंगले बामपन्थी आन्दोलन अगाडी बढाउने कुरा असम्भव रहेको बताएका छन् । उनले बापन्थीहरु जति जोडिए पनि फुटिरहने भएकाले एकताको कुरा नगर्न आग्रह गरेका छन् ।
उनले आफूले राजनीति सुरु गरेदेखिनै नेपाल बाम एकताको माला जपिएको तर, त्यो सम्भव नभएको भन्दै अब त्यस्ता पपुलिष्ट कुरा गरेर केहि फाइदा नहुने बताए । बुधबारको केन्द्रीय समिति बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले बामपन्थी शक्ति नमिली हुँदैन भन्ने पपुलिष्ट कुरा नगर्न आग्रह गरे ।
आफूले राजनीति सुरु गर्दादेखि नै वामपन्थी विभाजितै अवस्था थियो, त्यतिबेलादेखि माला जपेको हो, एउटा एकता गर्दा दुईवटा फुट्छ अनि केको एकता, ओलीले भने । उनले बामपन्थी एकता विना सम्भव छैन भन्दा राम्रो सुनिए पनि त्यो व्यवहारिक रुपमा नमिल्ने बताए । एमालेको नीति, एमालेको संगठनको सुप्रिमेसीलाई स्वीकार गरेर मात्र एकता गर्न सकिन्छ । दुईवटा अध्यक्ष राखेर एकता हुँदैन, ओलीले भने ।
अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानपछि आन्दोलन गर्नुपर्ने आवश्यकता महसुस भएको बताए । देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता आफूले देखेको उनको भनाइ छ । अभियानपछि आन्दोलनकारी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता देखिरहेको उनले बताए ।
यही मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले अभियान सुरु गर्दैछ । आन्दोलनका केही सर्त रहेको भन्दै ओलीले भने, ‘हामी हिंसाको बाटो हिँड्दैनौं । शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँड्छौं । जनताको बल प्रयोग गर्ने भनेका छौं, हिंसाको बाटोबाट होइन ।’
त्यसपछि लिडरसिपको विभिन्न तहमा छलफल गर्ने एउटा सही र सर्वसम्मत निष्कर्षका साथ मैदानमा उत्रिने ओलीले बताए । देशलाई निकास दिने बाटो एमालेले नसमातेमा अरुले त्यो रिक्ततालाई पूरा गर्ने बताउँदै ओलीले भने, ‘हेर्दाहेर्दै कसैका खल्तीबाट भुर्र परेवा उडाउन सक्छ है । जादू गर्दिए जस्तो गर्न सक्छ, चटक गर्दिएजस्तो गर्न सक्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित