दोस्रो त्रैमासमा ट्रेजरी बिल र विकास ऋणपत्रमार्फत ३१ अर्ब आन्तरिक ऋण उठाउने तयारीमा सरकार
नेपालबहस संवाददाता
मंसिर ६, २०८० बुधबार १५:२८:२७
६ मंसिर, काठमाडौं । २ खर्ब ४० अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चालु आवको पहिलो त्रैमासमा करिब १ खर्ब आन्तरिक ऋण परिचालन भएको छ भने दोस्रो त्रैमासमा थोरै मात्रै आन्तरिक ऋण परिचालन गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको आन्तरिक ऋण बोलकबोल तालिका अनुसार दोस्रो त्रैमासमा ट्रेजरी बिलमार्फत १० अर्ब र विकास ऋणपत्रमार्फत २१ अर्ब आन्तरिक ऋण परिचालन हुनेछ । खुला बजार सञ्चालन समितिको परिमार्जित बोलकबोल तालिका अनुसार तेस्रो त्रैमासमा ४७ अर्ब ६९ करोड र अन्तिम त्रैमासमा ६४ अर्ब आन्तरिक ऋण बोलकबोल गर्ने भएको छ ।
दोस्रो त्रैमासमा विकास ऋणपत्रमार्फत २१ अर्ब आन्तरिक ऋण परिचालन हुने भएको हो । जसमध्ये १९ मंसिरमा ६ वर्ष अवधिको ७ अर्बको विकास ऋणपत्र बोलकबोल हुने भएको छ । चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ४० अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ ।
प्रथम त्रैमासमा ९७ अर्ब ३१ करोड आन्तरिक ऋण बोलकबोल भइसकेको केन्द्रीय बैंकले जनाएको छ । खुला बजार सञ्चालन समितिको परिमार्जित बोलकबोल तालिका अनुसार तेस्रो त्रैमासमा ४७ अर्ब ६९ करोड र अन्तिम त्रैमासमा ६४ अर्ब आन्तरिक ऋण बोलकबोल गर्ने भएका छ ।
दोस्रो त्रैमासमा विकास ऋणपत्र मार्फत २१ अर्ब आन्तरिक ऋण परिचालन हुने भएको हो । जसमध्ये १९ मंसिरमा ६ वर्ष अवधिको ७ अर्बको विकास ऋणपत्र बोलकबोल हुने भएको छ । ५ पुसमा ५ वर्ष अवधिको ७ अर्बकै र २२ पुसमा ८ वर्ष अवधिको ७ अर्बकै विकास ऋणपत्र बोलकबोल हुनेछ ।
यस्तै १० अर्बको ट्रेजरी बिल मध्ये ४ मंसिरमा ३ अर्बको ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल भइसकेको छ । २५ मंसिरमा १८२ दिन अवधिको ४ अर्बको र २३ पुसमा पनि १८२ दिन अवधिको ३ अर्बको ट्रेजरी बिल बोलकबोल हुने भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार