महोत्तरीमा सबैभन्दा बढी कर तिर्नेहरुलाई करदाता सेवा कार्यालयको सम्मान
नेपालबहस संवाददाता
मंसिर ८, २०८० शुक्रबार ११:८:११
♦ विशाल बस्नेत
७ मंसिर, महोत्तरी । महोत्तरीमा उत्कृष्ट आय कर दाखिल गर्ने ४ जनालाई करदाता सेवा कार्यालयले सम्मान गरेको छ ।
करदाता सेवा कार्यालय जनकपुर र बर्दिवासले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका उत्कृष्ट कर तिर्ने व्यापारी तथा संस्थाहरूलाई सम्मान गरेको हो ।
१२ औ कर दिवसको अवसरमा महोत्तरी कै सबैभन्दा बढी कर दाखिल गरेबापत आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा रक्षा टेडर्स एण्ड सप्लायर्सका संचालक कुमार भण्डारीलाई सम्मान गरेको छ भने बर्दिवास सेवा कार्यालयले अन्य ३ जनालाई पनि सम्मान गरेको छ ।
बर्दिवास सेवा कार्यालयवाट सम्मानित हुनेहरूमा महिला केन्द्र बहुद्देश्य सहकारी संस्था, भावना आयल स्टोर्स र विकि कुखुरा तथा मतस्य फर्म गौशाला रहेका छन ।
बर्दिवास सेवा कार्यालय अन्तर्गत गौशाला नगरपालिका, बर्दिवास नगरपालिका र मिथिला नगरपालिका निर्धारण गरिएको छ ।
जसमध्य धनुषाको मिथिलाबाट पनि ३ वटा संस्था सम्मानित भएका छन । सम्मानित हुनेहरुमा पशुपति प्लाई बोर्ड उधोग प्राली, लालगढ मेडिकल हस्पिटल र मिथिला लघुबित्त वित्तिय संस्था रहेको करदाता सेवा कार्यालयका प्रमुख रवि श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार