नेपाल ल्याइएका मुर्रा राँगाको स्वास्थ्य परीक्षणपछि सम्बन्धित स्थानमा पुर्याइने
नेपालबहस संवाददाता
मंसिर ८, २०८० शुक्रबार १२:२४:१७
दीपक शर्मा
८ मंसिर, बर्दिया । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भारतले उपहार स्वरूप दिने भनिएको १५ वटा मुर्रा राँगा नेपालगन्ज आइपुगेको छ । भारतको पञ्जावबाट राँगालाई स्थलमार्ग हुदै नेपालगन्ज ल्याइएको हो । भारतबाट ल्याइएका ति राँगा अहिले नेपालगन्ज स्थित पशु क्वारेन्टाइनको कार्यालयमा होल्डिङ्ग याडमा राखिएको छ ।
राँगाको स्वास्थ्य परिक्षण लगायत प्राविधिक काम गरेर पशु चिकित्सक सहितको टोलीले राष्ट्रिय पशु प्रजजन कार्यालयमा पुर्याइने बताइएको छ । अहिले राँगा अवस्था कस्तो छ स्वस्थ छन भन्ने प्रमाणित हुने काम भैरहेको हुँदा एक वा दुइ दिन पछि सम्बन्धित स्थानमा ढुवानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु सेवा विभाग पशु क्वारेन्टाइन कार्यालय बाँके नेपालगन्जका सूचना अधिकारी इन्दु रेग्मीले नेपाल बहसलाई जानकारी दिइन् ।
उनका अनुसार बुधबार बेलुका आइपुगेकाे १५ वटा मर्रा राँगाको अहिले स्वास्थ्य परीक्षण भैरहेको छ । यसै विच पशु सेवा विभागले मुर्रा राँगा विद्यमान क्वारेन्टाइन प्रकृया पुरा गरी नेपाल ल्याइने राँगाहरु लाहान, पोखरा बाँकेको गौघाट स्थित राष्ट्रिय पशु प्रजनन कार्यालयहरुमा व्यवस्थापन गरी जमेको विर्य उत्पादनमा प्रयोग गरिने पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले नेपाल बहसलाई जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय पशु प्रजनन कार्यालयहरूबाट हाल उत्पादन भइरहेको जमेको विर्यको परिमाण व्यवस्थापकिय क्षमता र कार्यक्षेत्रको आधारमा भारतबाट प्राप्त हुने १५ वटा राँगाहरु राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा ७ वटा , राष्ट्रिय पशु प्रजनन कार्यालय लाहानमा ५ वटा र , राष्ट्रिय पशु प्रजनन कार्यालय बाँके नेपालगन्जमा ३ वटा राखिने छ । मुर्रा राँगाको जमेको विर्यको माग ५ वर्षमा दुई गुणा र १० वर्षमा करिब पाँच गुणा बढने अनुमान गरिएको छ ।
मुर्रा राँगाको विर्य उत्पादन बृद्धि गरी कृत्रिम गर्भाधानको क्षेत्र विस्तार गर्दै देशका विभिन्न भागमा भैँसीको नश्ल सुधार मार्फत दुध र मासुको उत्पादन साथै उत्पादकत्व बृद्धि हुने अपेक्षा गरिएको छ । साथै नेपालको पशुपालनमा कोशे ढुँगा सावित हुने यस कार्यमा सहयोग गर्ने भारत सरकार लगायत सवै सरोकारवालाहरुलाई पशु सेवा विभागले आभार व्यक्त गरेको पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
पुष १९, २०८१ शुक्रबार
एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष २०, २०८१ शनिबार
सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
तराईमा हुस्सु, अन्य ठाउँको आजको मौसम कस्तो रहला ?
पुष २०, २०८१ शनिबार
देशभर एकै साथ जलपंछी गणना शुरु हुँदै
पुष २०, २०८१ शनिबार
अमेरिकी डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको भाउ कस्तो छ ?
पुष २०, २०८१ शनिबार