कांग्रेसले भुकम्प प्रभावित गाउँमा बनायो सय वटा टहरा
नेपालबहस संवाददाता
मंसिर ९, २०८० शनिबार १२:४२:४३
९ मंसिर काठमाडौं । जाजरकोट भूकम्पपीडितका लागि नेपाली कांग्रेसले शुक्रबारसम्ममा प्रभावित गाउँमा एक सय वटा अस्थायी टहरा निर्माण गरेको छ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा खटिएको डेढ सयको टोलीले अस्थायी घर टहरा बनाएकाे हो ।
जाजरकोट र रुकुम पश्चिममा कांग्रेसले मात्रै एक हजार अस्थायी घर टहरा बनाउने घोषणा गरेको छ । त्यही अनुसार पहिलो चरणमा नेता पौडेलको नेतृत्वमा पाँच दिनदेखि खटिएको टोलीले शुक्रबारसम्म एक सय अस्थायी घर टहरा निर्माण गरेको हो । टोलीमा करिब ३५ जना दक्ष प्राविधिक जनशक्ति परिचालित छन् ।
१७ कात्तिकको भुकम्पपछि कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय अनुगमन तथा सहजीकरण समिति गठन गरेको थियो । थापा र शर्माले प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि तत्काल उद्धार र राहतसँगै अस्थायी आवास र पुनर्निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । त्यही बेला उनीहरूले कांग्रेसका तर्फबाट स्वयंसेवकहरू परिचालन गरी एक हजार अस्थायी घर टहरा बनाउने घोषणा गरेका थिए ।
टोलीमा संघीय सांसद पौडेलसहित गण्डकी प्रदेशका सांसद डिल्लीराज सुवेदी, पालुङटार नगरपालिकाका पूर्वमेयर इन्जिनियर दीपकबाबु कँडेल, कांग्रेस जाजरकोटका नेताहरू महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त र पूर्ण ओलीलगायत तरुण दल र नेपाल विद्यार्थी संघका नेताहरू खटिएका छन् ।
गत मंगलबार कांग्रेस महामन्त्री थापाको संयोजकत्वमा बसेको बैठकले प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउन श्रमदानका लागि एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवकसहित १०÷१० जनाको समूह परिचालन गर्ने निर्णय गरेको थियो ।
प्रभावित क्षेत्रमा टहरा निर्माण गरिरहेका नेता पौडेलले सरकारले अस्थायी आवास निर्माणका लागि दिने भनेको राहत रकम दिन ढिलाइ हुँदा पीडितहरूले कठ्याँग्रिदो चिसोमा सकसपूर्ण दैनिकी गुजार्न बाध्य हुनुपरेको बताए । उनले प्रभावित क्षेत्रमा बिरामी, सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य अवस्था झनै जटिल रहेको बताए ।
यसअघि अवलोकनमा गएका कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले आफैँले प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माणको थालनी गरेका थिए । त्यस्ता टहरा बनाउन प्रतिपरिवार ४० हजार रूपैयाँसम्म खर्च हुने अनुमान गरिएको थियो । कांग्रेसको सुझावकै आधारमा सरकारले तत्काल अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रूपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको थियो । तर त्यो रकम अहिलेसम्म पीडितसम्म पुगेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर भूकम्पको धक्का
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु, ३८ घाइते
पुष २३, २०८१ मंगलबार
लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार