ट्रलिबस सम्झिदा...... [ फोटो फिचर ]
नेपालबहस संवाददाता
मंसिर ९, २०८० शनिबार १३:५३:५१
९ मंसिर, काठमाडौं । कैलालीबाट पासपोर्ट बनाउन आएका सुर्य बहादुर थापा त्रिपुरेश्वरको बाटो हिँड्दा सडकको छेउहरुमा ठुलो ठुलो अनौठो लाग्ने पोलहरु देख्दा के-को हो भन्ने लागेको थियो । उनले त्यहि कुरा जान्न एउटा पसलमा सोध्दा ट्र्लिबस चल्ने पोल हो भनेर पसलवालाले भन्दा अचम्मित भए र अझै पनि चल्छ र भन्दै सोधे , पसलवालाको जवाफ 'इतिहास भयो ट्रलिबस कुनै बेला थियो भाइ' भनेर हाँसेर उडाइदिए । हो पनि थापा जस्तै त्रिपुरेश्वरको बाटो हिड्नेलाई ति ठुला ठुला प्रयोगबिहिन पोलहरु देख्दा के-को हो भन्ने नै लाग्ने गर्दछ ।
काठमाडौं र भक्तपुर जिल्लालाई जोड्ने राजधानीको फराकिलो सडकमा त्रिपुरेश्वर–सूर्यविनायक कुनै समय ट्रलीबस गुड्थ्यो । चीन सरकारको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वर–माइतीघर–सूर्यविनायकसम्मको १४ किलोमिटरमा विद्युतीय ट्रलीबस निर्माण गरिएको थियो ।
ट्रलीबस निर्माण भएको १२ वर्षसम्म निर्वाध रूपमा सञ्चालन भए पनि २०४४ सालसम्म बन्द हुने अवस्थामा आइसकेको थियो । ट्रलिबसमा कोचाकोच आवतजावत गरेको अहिले तस्विरमा मात्र सिमित छ । बिचमा बन्द भएको ट्रलिबस पछि सन २००१ सम्म आशिक रुपमा चलेको थियो तर सन २००८ पछि घाटा भएको कारणले पुर्णरुपमा बन्द भयो । म नै भविष्य हुँ, मलाई बचाउनुहोस्’ ।
मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरको कवाड हलमा थन्किएका ३२ ओटा ट्रली बसमा कोरिएको यो वाक्यांशले विभागलाई नै गिज्याइरहेको छ । बसका सबै पार्टपुर्जालाई खिया लागिसकेको अवस्था छ । विद्युतीय ट्रलीबस साच्चै नै अब इतिहास बनेको छ ।३३ वर्षसम्म काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा योगदान दिएको ट्रली बस सेवा अहिले कुनै सरकारी निकायको मातहतमा छैन । हेरौ नेपाल फोटो लाइब्रेरी बाट कैद गरिएका अहिलेको अवस्थामा रहेका ट्रलीबस र सम्बन्धित भग्नावशेषहरुको तस्बिरहरु
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
सिन्धुलीको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल कमलामाई मन्दिर ( फोटो फिचर )
असोज ६, २०८१ आइतबार
दशैं नजिकिएसंगै व्यस्त होलसेल व्यापारी देखि भरियासम्म ( फोटो फिचर )
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
एरिकाले नेपाललाई रजत पदक दिलाइन
असोज ६, २०८१ आइतबार
इजरायली सेनाद्वारा वेस्ट बैंकमा अल जजिरा टिभीलाई ४५ दिनका लागि बन्द गर्न आदेश
असोज ६, २०८१ आइतबार
माओवादी केन्द्रको परामर्श र दक्षिण एसिया सङ्गठन समितिको बैठक
असोज ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ
असोज ६, २०८१ आइतबार
दुई महिनामा थपियो साढे ९४ अर्ब सरकारी ऋण
असोज ६, २०८१ आइतबार
ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को विजेता
असोज ६, २०८१ आइतबार