खरिद गर्ने भनिएका तीन वटा जहाजको वित्तीय स्रोत र प्रक्रियामाथि प्रश्न उठेपछि निगममा हलचल
नेपालबहस संवाददाता
मंसिर १०, २०८० आइतबार १६:२५:०
१० मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ खरिद गर्न लागिएका जहाजसँग जोडेर समाचारहरू आउन थालेपछि जहाज खरिद र संस्थाको पुनः संरचना एक अर्कालाई रोकेर गर्ने विषय नभएकाे प्रतिक्रिया दिएको छ । जहाज खरिदमा भइरहेका चलखेलबारे नेपालबहसले शुक्रबार समाचार प्रकाशित गरेको थियो ।
निगमले दुर्गम भेगमा उडाउने गरी ३ वटा ट्वीनअटर जहाज किन्दैछ । यसको आर्थिक स्रोत आफ्नै स्रोतबाट जोहो गरिने निगमको दाबी छ । ‘६ महिनाको अन्तरमा यी जहाज ल्याइने र सबै रकम एकमुष्ट तिर्नु नपर्ने भएकाले यसको व्यवस्थापन गर्न निगम सक्षम छ, जारी विज्ञप्तिमा भनिएको छ ।
निगमले पारदर्शी ढंगले जहाज खरिद प्रक्रिया अगाडि बढाएको र यसका लागि तालुक मन्त्रालयबाट अनुमति लिएको दावी गरेको छ । यसअघि निगमको सुधारका लागि बनेका समितिहरुको प्रतिवेदनले जहाज अपरिहार्य रहेको प्रतिवेदन दिएको भन्दै निगमको गुणात्मक सुधारका लागि यी जहाज आवश्यक रहेको दावी गरेको छ ।
संस्थाको पुनर्संरचनाबारे प्रश्न उठिरहेका बेला आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले यी दुई विषय एक अर्कालाई रोकेर गर्ने विषय नभएको बताएको हो । निगमको दैनिक व्यवसाय सञ्चालन गर्न र दुर्गम भेगका जनतालाई सेवा दिन जहाज आवश्यक रहेको भन्दै पुनः संरचनाको काम क्रमशः हुँदै जाने प्रतिक्रिया दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार