बैंकहरुलाई दिनुपर्ने ब्याज अनुदानवापतको १० अर्ब रकम निकासा दिन अर्थलाई राष्ट्र बैंकको ताकेता
नेपालबहस संवाददाता
मंसिर १२, २०८० मंगलबार १२:४४:१९
१२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ब्याज अनुदानको सहुलियत कर्जा प्रवाहमा समस्या आएको भन्दै अर्थ मन्त्रालयलाई पत्र पठाएर निकासा गरिदिन आग्रह गरेको छ । सरकारले गत वर्षको समेत गरी १० अर्ब भन्दा बढी ब्याज अनुदानको रकम पठाउन बाँकी छ । गत वर्षबाटै अनुदान रकम नपाएपछि बैंक तथा वित्तीय संस्थाले ब्याज अनुदानको सहुलियत कर्जा प्रवाह रोक्न पुगेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत सरकारले दिनुपर्ने करिब १० अर्ब रूपैयाँ भुक्तानी भएको छैन । यो रकम भुक्तानी गरिदिन राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई ताकेता गरिरहेको छ । हरेक तीन तीन महिनामा अर्थ मन्त्रालयसँग ब्याज अनुदान बापत सरकारले भुक्तानी दिनुपर्ने रकम माग्दै आएपनि गत आर्थिक वर्षसहितका करिब १० अर्ब रूपैयाँ भुक्तानी गर्न अर्थ मन्त्रालयलाई पत्र पठाइएको छ ।
पटकपटक ताकेता गर्दा पनि अर्थ मन्त्रालयबाट पैसा नआएको राष्ट्र बैंकको भनाइ छ । बैंक तथा वित्तीय संस्थाले सरकारको सहुलियतपूर्ण कर्जा कार्यक्रम कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन् । ब्याज अनुदान बापत सरकारबाट पाउनुपर्ने पैसा नआएको र अनिवार्य रूपमा कर्जा प्रवाह गर्नुपर्ने नियामक निकायको निर्देशन पनि नरहेकाले हाल बैंकहरूले ब्याज अनुदानको सहुलियत कर्जा प्रवाह रोकेका हुन् ।
बैंकहरूले आफ्नो स्रोतअनुसार आफैं प्रडक्ट बनाएर कम ब्याजदरमा ससाना कर्जा प्रवाह गर्दा ती कर्जाको माग र उपयोगिता राम्रो देखिएको भन्दै सरकारबाट लागु गर्न भनिएको कार्यक्रमप्रति उनीहरू उत्सुक देखिएका छैनन् । अहिले सरकारले ब्याज अनुदानबापत बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र निक्षेप तथा कर्जा सुरक्षण कोषलाई तिर्नुपर्ने १० अर्ब रूपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी छ ।
ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत बैंक तथा वित्तीय संस्थालाई सरकारले भुक्तानी दिन बाँकी रकमबारे नेपाल राष्ट्र बैंकले माग दाबी गरेको र त्यस विषयमा छलफल भइरहेको अर्थ मन्त्रालयले बताएको छ । गत वर्षको बजेटमा पनि सहुलियत कर्जा पुनः संरचना गर्ने भन्ने थियो, तर भएन । चालू आर्थिक वर्षको बजेटमा पनि त्यसलाई मूल्यांकन गर्ने भनिएको छ, यसबारे राष्ट्र बैंकलगायत सरोकारवाला निकायसँग छलफल भइरहेको अर्थको भनाइ छ ।
मुलुकमा उत्पादन अभिवृद्धि, आन्तरिक रोजगारी प्रवर्द्धन, उद्यमशीलता विकासलगायत उद्देश्य राखी सरकारले ०७५ सालदेखि औपचारिक रूपमा ब्याज अनुदानको सहुलियत कार्यक्रम सञ्चालनमा ल्याएको थियो । उत्पादनशील अर्थतन्त्र निर्माणका लागि उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्न नेपाल सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि ०७५ जारी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार