'रङ्गेली'मा भगवान् दादा बने अर्पण, क्यारेक्टर पोस्टर सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर १२, २०८० मंगलबार १४:२:३१
१२ मंसिर, काठमाडौं । नेपाली चलचित्र 'रङ्गेली'को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई 'भगवान् दादा'को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो । यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो ।
'रङ्गेली'मा थापाले जबरजस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन रहेको 'रङ्गेली'मा अर्पण, दयाहाङ र मिरुनाको प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यो चलचित्र आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुँदैछ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।
अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।
जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ तथा अस्ट्रेलियामा ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएआर डिजिटल चलचित्रको डिजिटल वितरक हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ
जेठ ४, २०८१ शुक्रबार
भारतले अर्को चुनावी गर्मीको सामना गर्ने मौसम विभागको चेतावनी
जेठ ४, २०८१ शुक्रबार
भारतमा चट्याङ पर्दा १२ जनाको मृत्यु
जेठ ४, २०८१ शुक्रबार
५ महिनाको छोराको हत्या गर्ने आमा पक्राउ
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
ओशो पार्कमा पर्यटकको चहलपहल, व्यवसायी खुसी
जेठ ४, २०८१ शुक्रबार