बाँसगढीमा हुने महोत्सवका लागी आयोजकले अनुमति लिएको छैन
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार ११:४२:४४
दीपक शर्मा
१५ मंसिर, काठमाडौं । बर्दियाको बाँसगढी उद्योग वाणिज्य संघले आयोजना गर्ने भनेको बर्दिया माघी महोत्सवको लागी अनुमति नलिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
उद्योग वाणिज्य संघ बाँसगढी बर्दियाले आगामी पौष २६ गते देखि माघ ८ गते सम्म छैर्टौ बाँसगढि औद्योगिक , कृषि , पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव २०८० आयोजना गर्दै छ यसका लागी जिल्ला प्रशासन बाट अनुमति नलिएको बताइएको छ ।
विना अनुमति तयार अन्तिम चरणमा भन्दै प्रचार प्रसार तिव्र पारिएतापनि जिल्ला प्रशासन कार्यालय बर्दियाले सो कार्यका लागी उद्योग वाणिज्य संघले हाल सम्म अनुमति नलिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत लोकप्रसाद ढकालले बताउनु भयो । महोत्सव संचालनका लागी जिल्ला प्रशासन कार्यालय बाट अनुमति लिनुपर्ने हुन्छ तर उद्योग वाणिज्य संघ बाँसगढिले त्यस्तो अनुमति नलियरनै महोत्सव संचालन गर्ने स्थान छनौट गरी सुरक्षा निकाय संग समन्वय नगरीकन आफना काम अगाडि बढाएको हो ।
महोत्सवलाई सफल पार्न भन्दै मुल आयोजक समिति र विभिन्न उप समितिहरु पनि गठन गरिएको छ । उद्योग वाणिज्य संघ बाँसगढिका अध्यक्ष बद्रिनाथ बरालले स्थानिय पालिका बाट अनुमति लिएको बताउँदै जिल्ला प्रशासनबाट अनुमति नलिएको बताउनु भयो । उहाका अनुसार प्रमुख जिल्ला अधिकारी नभएका कारण अनुमति लिने काम ढिलो भएको बताए।
महोत्सव संचालनका लागी निमित्त बाटै अनुमति लिन सकिन्छ तर यस विषयमा उद्योग वाणिज्य संघ वाँसगढीले मनपरी गरेको स्थानिय वासीहरुले बताएका छन । तर अनुमति नलियर नै सवै काम गर्ने अन्तिममा आएर अनुमति लिने कार्यले पहुँच वालाले जे गर्दा पनि हुँदो रहेछ भन्ने स्पष्ट भएको छ । यसै विच बर्दियामा गुलरिया उद्योग वाणिज्य संघ र बढैयाताल उद्योग बाणिज्य संघले पनि महोत्सवको आयोजना गर्दै छन हाल सम्म गुलरिया र बढैयातालले महोत्सव संचालनको लागी अनुमति लिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै
बैशाख १८, २०८१ मंगलबार
दाङको राजपुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले
बैशाख १६, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार
भारतका प्रधान न्यायाधीश डा. चन्द्राच्युड नेपालमा
बैशाख २१, २०८१ शुक्रबार
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार