लमजुङमा एड्स संक्रमित थपिँदै
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार १६:८:२६
१५ मंसिर, लमजुङ । पहाडी जिल्ला लमजुङमा एचआईभी/एड्स संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्र्पक, यौन शिक्षाको कमी, एकभन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआईभी/एड्स संक्रमितको सङ्ख्या थपिँदै गएका स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
सरकार तथा जिल्लास्थित स्वास्थ्य कार्यालयले एचआईभी/एड्स रोकथामका लागि प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्या बर्सेनि थपिँदै गएको जिल्ला अस्पतालका एचआईभी/एड्स परामर्शदाता गणेश गुरुङले बताए । उनका अनुसार यस आर्थिक वर्षको हालसम्म थप एक जना महिलामा संक्रमण देखिएको छ ।
गुरुङले एक हजार ४९ को परीक्षण गरिएकामध्ये एक महिला सङ्क्रमित थपिएको बताए । योसँगै यस आवमा ६८ महिला र ५६ पुरुष गरी एक सय २४ सङ्क्रमितको सङ्ख्या पुगेको छ । गत आवमा तीन हजार तीन सय ९९ परीक्षण गर्दा एक महिला सङ्क्रमित थपिएको थियो ।
गत आवमा ६७ महिला र ५५ पुरुष गरी एक सय २२ जना एचआइभी/एड्स संक्रमित रहेका गुरुङले जानकारी दिए । आव २०७८/७९ मा तीन हजार दुई सय ६६ जनाको परीक्षण गर्दा दुई महिला र एक पुरुष गरी तीन नयाँ संक्रमित थपिएका उनको भनाइ थियो । उक्त आवमा ६५ महिला र ५४ पुरुष गरी एक सय १९ जना संक्रमितको सङ्ख्या थियो ।
आव २०७७/७८ मा आठ, आव २०७६/७७ मा छ र आव २०७५/७६ मा आठ जना नयाँ एचआईभी/एड्स सङ्क्रमित थपिएका गुरुङले बताए ।
जिल्लामा एचआईभी/एड्स उपचार तथा परामर्श केन्द्र (एआरटी) सेवा जिल्ला अस्पतालबाट हुँदै आएको छ । जिल्लामा आव २०६६/६७ देखि एआरटी सेवा सञ्चालनमा आएको हो । सो अवधिदेखि हालसम्म एचआइभीरएड्स संक्रमित भएका २५ जनाको मृत्यु भइसकेको एआरटी परामर्शदाता गुरुङले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा १० महिला र १५ पुरुष रहेका छन् । हाल एक सय २४ले यस सेवाबाट औषधि सेवन गरिरहेको गुरुङको भनाइ थियो । “पन्ध्र जनाले अनेन्त्रबाट औषधि सेवन गरेका र आठले औषधि लिन आउन छाडेका छन्”, उनले भने ।
सरकारबाट मान्यताप्राप्त चार स्वास्थ्य संस्थाबाट जिल्लामा एचआइभीरएड्सको परीक्षण हुँदै आएको छ । बेँसीसहर नगरपालिकास्थित जिल्ला अस्पताल, सुन्दरबजार नगरपालिकास्थित सुन्दरबजार अस्पताल, गौडा प्राथमिक स्वास्थ्य केन्द्र र चन्द्रेस्वर प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।
सरकारले एचआइभी/एड्सका क्षेत्रमा जनचेतना, उपचार, निगरानी, सहयोग, आमाबाट बच्चामा सर्ने रोकथामलगायतका कार्यक्रम गर्दै आए पनि बर्सेनि संक्रमितको संख्या थपिँदै गएको छ । जिल्लामा एचआइभी सङ्क्रमण हुनेमा भारतबाट आएका व्यक्ति रहेका वाका परामर्शदाता गुरुङले बताए । जिल्लामा एचआईभी सङ्क्रमित तीव्ररुपमा फैलिरहेको अनुमान गरिए पनि परीक्षण कम हुँदा संक्रमित सबैको तथ्याङ्क नभएको उनको भनाइ थियो ।
परामर्शदाता गुरुङका अनुसार आफन्त समाजले थाहा पाउछ भनेर जिल्लाबाट काठमाडौं, पोखरालगायत बाहिरी जिल्लामा गएर जाँच गर्ने र औषधि सेवन गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार