स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु , बसमा आगो लगाएर प्रदर्शनमा उत्रिए स्थानीय
नेपालबहस संवाददाता
मंसिर १६, २०८० शनिबार ११:५९:१२
१६ मंसिर, बुटवल । रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । स्थानीयले बसमा आगजनी गरेका छन् । शव सडकमा राखेर प्रदर्शन भइरहेको छ । शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका– ४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा निजि बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र १६ बर्षीया रुविना खातुनको मृत्यु भएको हो । स्कुल बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएपछि रूपन्देहीको लुम्बिनी क्षेत्र तनावग्रस्त बनेको छ ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार सोही ठाउँकै १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएकी छन्। उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाइदिएका छन्। आगलागीबाट बस पूर्ण रुपमा क्षति भएको छ ।
घटनापछि बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ। अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयको प्रदर्शनले उक्त सडक खण्डको आवतजावत ठप्प बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार