सुनको भाउ बढेर प्रतितोला १ लाख २१ हजार पुग्यो, कारोबार भने न्युन
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार ११:२५:२३
१८ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख २१ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएकाे सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको हाे ।
आइतबार सुनको भाउ तोलामा एक लाख २० हजार ८ सय रुपैयाँ थियो । हिजोको तुलनामा तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउले फेरि नयाँ रेकर्ड कायम राखेको हो । शुक्रबार सुनको भाउ तोलाको एक लाख १९ हजारमा झरेको थियो ।
शुक्रबारको तुलनामा हिजो एक हजार ८ सय रुपैयाँले बढेको सुन आज फेरि हिजोको तुलनामा ८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासंघले जनाएकाे छ । चाँदीको भाउ भने आज पनि हिजो जस्तै तोलाको एक हजार ५ सय ४५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
यसअघि सोमबार सुन प्रतितोला एक लाख १७ हजार ४ सय तथा मंगलवार प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधबार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
बैशाख २४, २०८१ सोमबार
आइतबार सुनको मूल्य स्थिर, प्रतितोला कति ?
बैशाख २३, २०८१ आइतबार
सुनको मूल्य एघार सयले घट्यो, प्रतितोला कति ?
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार