कोलम्बस होलीडेजका सञ्चालक दाहालको ठगी नियत, मान नहुनेकै मानहानी ?
नेपालबहस संवाददाता
मंसिर १९, २०८० मंगलबार १२:३४:१३
१९ मंसिर, काठमाडौं । मान/सम्मान खोज्नेले आफूलाई इमानदार र स्पष्ट राख्नु पर्यो, झुट बोल्दै ठगीको साहारा लिनु भएन । सत्कर्मले मात्रै सम्मान पाइन्छ भन्ने बुझ्नु पर्यो । यस्तो बुझेर पनि बुझ्पचाइरहेका छन्, कमलादीस्थित कोलम्बस टुर्स एण्ड ट्राभल्स सञ्चालन गरिबसेका प्रमोद दाहाल ।
स्वदेशी/विदेशी पर्यटकलाई घुमाई–फिराई गराउने नाममा दाहालले सञ्चालन गरेको कोलम्बस होलीडेज प्रा.ली. यतीबेला ठगी धन्दा गर्ने/गराउने माध्याम भएको छ । घुमफिरका लागि आएका पाहुनालाई होटलमा खानपिन र बसोबास गराए वापत पाहुनाबाट अग्रीम असुलेको रकम आफैँले कुम्ल्याउने अनी खानपिन बसोबासको प्रवन्ध मिलाएका होटललाई बैंकमा क्यास नहुने चेक दिएर ठगी गर्दै आएका कोलम्बस होलीडेजका सञ्चालक प्रमोद दाहालको नियत एकपछि अर्काे गर्दै सार्वजनिक हुन थालेको छ ।
कोलम्बस होलीडेज विरुद्ध राजधानीको एक होटलले आफ्नो होटलमा विदेशी पाहुना ल्याएर खुवाई–पिआई गराउनुका साथै बसोबाससमेत गराएर झण्डै साढे सात लाख रुपैया भुक्तानी नगरेको भन्दै प्रहरीमा उजुरी गरेपछि सञ्चालक दाहालको ठगी नियत सार्वजनिक भएको हो । सञ्चालक दाहालले प्रहरीको सम्भावित कारवाहीबाट बच्ने उपाय खोज्दै केही रकम भने उजुरी पश्चात होटललाई अनलाईन भुक्तानी गरेको तर, बाँकी रकम भने तिर्न आलटाल गर्दै आएको बुझिएको छ ।
कोलम्बस होलीडेजका सञ्चालक प्रमोद दाहालले आफ्नो नियत ठगी गर्ने नभएको तर परिस्थितिबस समयमा भुक्तानी गर्न नसकेको बताउँदै केही दिनमै बिल क्लियर गर्ने बताए । तर, उनले केही समय भनेता पनि झन्डै महिना दिन पुगिसक्दा पनि चेकको रकम भुक्तानी गर्नेतिर पहल गरेका छैनन् । यसरी नै बिजनेश दिएका अन्य होटलमा पनि दाहालले भुक्तानी नगरेको बताइन्छ ।
यसरी होटललाई प्रहरीले भने चेक बाउन्ससँगसँगै ठगीमा पनि मुद्दा चलाउन सकिने बताएको छ । यसै विषयमा समाचार प्रकाशित भएपछि कोलम्बस होलीडेजका सञ्चालक दाहालले मानहानीको मुद्दा हाल्ने धाक दिएका छन् । जसको व्यवसायका नाममा ठग्ने नियत छ, जसको मान नै छैन, उसैले मानहानी भयो भन्नु हास्यास्पद देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार