८ जना नामुद ठेकेदारका निर्माण कम्पनी कालोसूचीमा
नेपालबहस संवाददाता
मंसिर १९, २०८० मंगलबार १३:४०:५०
१९ मंसिर, काठमाडौं । विभिन्न समयमा ठेक्कालिएर समयमै काम सम्पन्न नगरेको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ जना ठेकेदारले सञ्चालन गर्दै आएका निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । सरकारका विभिन्न पाँच वटा निकाय अन्तर्गत निर्माणका काम जिम्मा लिएर अलपत्र पार्ने निर्माण व्यवसायीलाई खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।
कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ठेक्का लिएर काम अलपत्र पार्ने भारत कन्स्ट्रक्सन, मैनाचुली कन्स्ट्रक्सन र सिद्धिसाई कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यी कम्पनी सन्चालक क्रमशः राजिव गुर्गा, मदनकुमार अधिकारी र दिपेन्द्रबहादुर शाही हुन । ती तीन कम्पनीले भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिसाई जेभीमार्फत् लोकमार्गको पाँचथर खण्डमा ठेक्का लिएर काम अलपत्र पारेपछि आयोजनाको कार्यालय फिदिम पाँचथरले लेखिपठाएका आधारमा कालोसूचीमा राखिएको हो ।
कार्यालयले धादिङको धुनीबेँसी नगरपालिकाको सिफारिसमा कास्र्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । सो कम्पनीका सन्चालक विक्रम तामाङ हुन् । जुम्लाको चन्दनाथ नगरपालिकाको काम अलपत्र पार्ने इजोन निर्माण सेवा पनि एक वर्षका लागि कालोसूचीमा परेको छ । सो कम्पनीका सन्चालक हरिराम बोहोरा हुन् । कार्यालयले झापाको कमल गाउँपालिकाको सिफारिसमा शेर्पा–हेना–सुनामी जेभीलाई पनि एक वर्षको लागि कालोसूचीमा राखेको छ ।
यी कम्पनीका सञ्चालकहरू क्रमशः फुर्तेम्बा शेर्पा, गणेशबहादुर बस्नेत र पोष्टबहादुर बोगटी हुन् । कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीहरुले अब सूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । उनीहरुलाई पटक पटक सूचना दिँदा पनि काम अगाडी नढाएको भन्दै कालोसूचीमा राखिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार