नेपाल राष्ट्र बैंकको नाफा ८७ अर्ब: सञ्चालक समितिको खर्च दोब्बरले बृद्धि, कति पुग्यो गभर्नरको तलब ?
नेपालबहस संवाददाता
मंसिर १९, २०८० मंगलबार १६:१:३०
१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा ८७ अर्ब रूपैयाँ नाफा कमाएको जनाएको छ । यो नाफा बैंकसँग मौज्दात रहेको सुन, चाँदी तथा विदेशी मुद्रा सञ्चितिको अहिले मूल्य अनुसार गरिएको मूल्यांकनको आधारमा भएको हो ।
अहिलेको मूल्य अनुसार मौज्दात रहेको सुन, चाँदीमा राष्ट्र बैंकलाई १७ अर्ब ११ करोड र विदेशी मुद्रामा १० अर्ब रूपैयाँ नाफा भएको छ । राष्ट्र बैंकका अनुसार यो बिक्रीबाट भएको नाफा नभइ मूल्य उतारचढावले देखिएको नाफा हो । यसबाहेक बैंकको ६० अर्ब ४८ करोड रूपैयाँ नाफा भएको छ । जबकी अघिल्लो वर्ष बैंकको यस्तो नाफा २८ अर्ब ४२ करोड रूपैयाँ छ ।
बैंकको खुद ब्याज आम्दानी ३३ अर्बबाट बढेर ६२ अर्ब रूपैयाँ पुगेको छ । विदेशी मुद्रामा भएको खुद ब्याज आम्दानी ४७ अर्ब २२ करोड र घरेलु मुद्रामा रहेको वित्तीय सम्पत्तिबाट भएको खुद ब्याज आम्दानी १५ अर्ब ३४ करोड रूपैयाँ छ ।
बैंकले ४ अर्ब ४८ करोड खुद अन्य आम्दानी गरेको छ । फि, कमिसनबाट १२ करोड, सुनको कारोबारबाट ५८ करोड, विदेशी मुद्राको कारोबारबाट २ अर्ब ४३ करोड कमाएको छ । बैंकको कर्मचारी खर्च ३ अर्ब ४८ करोडबाट बढेर ३ अर्ब ९२ करोड पुगेको छ । बैंकका गभर्नर, डेपुटी गभर्नर लगायतको पारिश्रमिक र भक्ता दुवै बढेको छ । गभर्नरको पारिश्रमिक १३ लाख ९४ हजारबाट बढेर १६ लाख ३२ हजार पुगेको छ ।
१८ लाख बराबर भक्ता बुझेका गभर्नरले गत आर्थिक वर्षमा भने ४४ लाख रूपैयाँ भत्तालगायत बुझेका छन् । गभर्नर र डेपुटी गभर्नरको पारिश्रमिक सहित समग्रमा सञ्चालक समितिलाई एक करोड ७५ लाख खर्चिएको राष्ट्र बैंकले यसपटक भने २ करोड ४ लाख खर्चिएको छ । गत कात्तिक २२ गते बैंकको सञ्चालक समितिको बैठकले उक्त मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम २५ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
राष्ट्र बैंकका अनुसार सञ्चालकहरुको तलब भत्ता तथा सेवासुविधा एक वर्षमा १९.९९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका सञ्चालकहरुले गत आर्थिक वर्षमा तलब बैठक भत्ता र अन्य सेवा सुविधा वापत २ करोड ५ लाख ८२ हजार १२६ रुपैयाँ लिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा तलब, बैठक भत्ता सहितको सेवा सुविधा १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ लिएका थिए ।
राष्ट्र बैंकमा गभर्नर र डेपुटी गभर्नर कार्यकारी पद भएकोले तलब लिने गर्छन् । अन्य सञ्चालकहरुले भने बैठक भत्ता र अन्य तोकिएको सेवासुविधा मात्रै प्राप्त गर्छन् । राष्ट्र बैंकमा ७ जनाको सञ्चालक पद हुन्छ । तर, आर्थिक वर्षको बीचमा नै सञ्चालक परिवर्तन हुँदा गत आर्थिक वर्षमा राष्ट्र बैंकबाट सञ्चालकको रुपमा ११ जनाले सेवा सुविधा लिएका छन् ।
गत आर्थिक वर्षमा सञ्चालकको रुपमा चिन्तामणि शिवाकाटीले बैठक भत्ता ४ लाख ५ हजार र अनय सेवा सुविधा ११ लाख ५९ हजार ३८२ रुपैयाँ गरी १५ लाख ६४ हजार ३८२ रुपैयाँ लिएका छन् । राष्ट्र बैंकमा अर्थ सचिव सञ्चालक हुने व्यवस्था छ । अर्थ सचिवको सरुवा हुनासाथ सञ्चालक पनि परिवर्तन हुन्छ । अर्थ सचिवको रुपमा राष्ट्र बैंककको सञ्चालक हुँदा अर्जुनप्रसाद पोख्रेलले बैठक भत्ता ९९ हजार र २९ हजार १८६ अन्य सेवा सुविधा सहित १ लाख २८ हजार १८६ रुपैयाँ लिएका छन् ।
अर्थ सचिवको रुपमा राष्ट्र बैकको सञ्चालक हुँदा तोयम रायले ९९ हजार बैठक भत्ता र अन्य सुविधा ७० हजार ९९२ सहित कुल १ लाख ६९ हजार ९९२ रुपैयाा बुझेका छन् । कृष्णहरि पुस्करले बैठक भत्ता १ लाख ४४ हजार र अन्य सेवा सुविधा १ लाख ११ हजार २२१ सहित कुल २ लाख ५५ हजार २२१ रुपैयाँ बुझेका छन् ।
यस्तै अर्थ सचिव हुँदा मधुकुमार मरासिनीले राष्ट्र बैंक सञ्चालकको रुपमा बैठक भत्ता बापत १८ हजार रुपैयाँ बुझेको राष्ट्र बैंकले जनाएको छ । यस्तै राष्ट्र बैंकको सञ्चालक शंकरप्रसाद आचार्यले बैठक भत्ता ३ लाख ६० हजार र अन्य सुविधा ६ लाख ४८ हजार ४०८ सहित कुल कुल १० लाख ८ हजार ४०४ रुपैयाँ बुझेका छन् ।
अर्का सञ्चालक रवीन्द्रप्रसाद पाण्डेले बैठक भत्ता ९९ हजार र अन्य सुविधा २ लाख ४५ हजार १२ रुपैयाँ सहित कुल ३ लाख ४४ हजार १२ रुपैयाँ बुझेका छन् । गत आर्थिक वर्षको सुरुवातमा सञ्चालकको रुपमा सुवोधकुमार कर्णले पनि रहेका थिए । तर, उनी कुनै बैठकमा सहभागी भएनन् भने कुनै सेवा सुविधा पनि लिएका देखिंदैन ।
नेपाल राष्ट्र बैंकको गभर्नरको सेवा सुविधा एक वर्षमा २४.१८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) मा गभर्नर महाप्रसाद अधिकारीले १६ लाख ३२ हजार तलब, ४ लाख १४ हजार बैठक भत्ता र अन्य सेवा सुविधा वापत ४० लाख ४५ हजार ३३५ रुपैयाँ सहित ६० लाख ९१ हजार ३३५ रुपैयाँ सेवा सुविधा लिएका छन् ।
आव २०७८÷७९ मा गभर्नर अधिकारीले १४ लाख १८ हजार ४००, बैठक भत्ता ३ लाख ५ हजार र अन्य सेवा सुविधा ३१ लाख ८१ हजार ८५५ सहित कुल ४९ लाख ५ हजार २५५ रुपैयाँ सेवा सुविधा वापत लिएका थिए । डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको सेवा सुविधा एक वर्षमा ३३.८५ प्रतिशतले बढेको छ ।
आव २०७७÷७८ मा १२ लाख ६९ हजार ६०० तबल, २ लाख ७३ हजार बैठक भत्ता र अन्य सुविधा २७ लाख १७ हजार ५१३ गरी कुल ४२ लाख ६० हजार ११३ रुपैयाँ सेवा सुविधा लिएकोमा गत आवमा बढेर ५७ लाख २ हजार ३६१ पुगेको छ । गत आवमा उनले तलब १४ लाख ६० हजार ४०० रुपैयाँ बैठक भत्ता ३ लाख ४२ हजार र अन्य सुविधा बापत ३८ लाख ९९ हजार ९६१ रुपैयाँ लिएकी छन् ।
अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले गत आवमा तलब १४ लाख ६० हजार ४००, बैठक भत्ता ३ लाख ७८ हजार र अन्य सुविधा ३४ लाख ६१ हजार ८२९ रुपैयाँ सहित ५३ लाख २२९ रुपैयाँ तलब तथा सुविधा लिएका छन् ।
अघिल्लो आर्थिक वर्षमा उनले तलब १२ लाख ६९ हजार ६००, बैठक भक्ता २ लाख ९६ हजार र अन्य सुविधा २६ लाख ३६ हजार ४१७ गरी ४२ लाख २ हजार १७ रुपैयाँ तलब तथा सेवासुविधा लिएका थिए । अघिल्लो आर्थिक वर्ष को तुलनमा गत आर्थिक वर्षमा डेपुटी गभर्नर मिश्रको तलब भत्ता तथा सेवासुविधा २६.१४ प्रतिशतले बढेको छ ।
हेर्नुहोस् तलबभत्ता सूचीः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार