स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
नेपालबहस संवाददाता
मंसिर २१, २०८० बिहिबार ११:२०:७
२१ मंसिर, काठमाडौं । स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरणका लागि शुक्रबार बुकक्लोज गर्न लागेको लघुवित्तले बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्ने जनाएको छ ।
सभामा लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ । लघुवित्तले पुस ४ गते विहान ११ बजे २२ औ साधारणसभा बोलाएको छ । १२.३५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्नेछ।
यसैगरी सभामा अन्य लघुवित्तसँग मर्जरमा जानको लागि बाटो खुल्ला गर्ने प्रस्ताव समेत अघि सारेको छ। एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्नको लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार