अख्तियारबाट बच्न समाज कल्याणको चलाखी, भृकुटी फनपार्क बन्द
नेपालबहस संवाददाता
मंसिर २१, २०८० बिहिबार १९:३१:२२
२१ मंसिर, काठमाडौं । भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ल्याह्म पुचः बाल उद्यान अन्तर्गतको जग्गा भाडामा लिएर खेल तथा मनोरन्जनात्मक कार्य सञ्चालन गर्दै आएको 'भृकुटी फनपार्क' बिहीबारदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।
जग्गाधनी समाज कल्याण परिषदले एक सूचना टाँस गर्दै 'भृकुटी फनपार्क' बन्द भएको जनाउ दिएको हो । परिषदसँग सम्झौता भएअनुसारका थुप्रै शर्तको उल्लंघन गरेको भन्दै परिषदले यसअघि नै सम्झौता भंग गरेको थियो । तर, समाचार स्रोतको दावी छ कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्भावित कारवाहीबाट बच्न परिषदले सम्झौता रद्द गर्दै अनिश्चितकालका लागि 'भृकुटी फनपार्क' बन्द गराएको हो ।
यसअघि, गत वर्ष ५ वर्षका लागि जग्गा भाडामा दिँदा समाज कल्याण परिषदले जग्गाको न्यूनतम् भाडादर मुल्याकंन विषय विवादमा तानिएपछि उक्त विवाद उजुरीका रुपमा अख्तियारले छानबिन गरिरहेको छ । स्रोतका अनुसार अख्तियारकै कारवाहीबाट बच्न समाज कल्याण परिषदले आफूले गरेको गल्ती सच्याउँदै सम्झौता रद्द गरेको हो । त्यसपछि पनि हरिगोपाल अमात्य सञ्चालक रहेको अमात्य इन्टरनेशनलले टेण्डर पारेता पनि उक्त मनोरञ्जन पार्क आफूले सञ्चालन गर्न नसकेपछि भारतीयमुलका गैर नेपालीलाई पार्क सञ्चालन गर्न जिम्मेवारी तोकेका थिए ।
समाज कल्याण परिषदले भने तोकेको शर्तनामा अनुसार लिजमा लिएको व्यक्ति वा संस्थाले फेरी आफूखुसी कसैलाई सवलिजमा दिन पाइँदैन । त्यसका साथसाथै समाज कल्याण परिषदको स्वीकृत वेगर आफूखुसी सम्झौता हुँदाका बखत तोकिएका भन्दा बाह्य मनोरञ्जनात्मक खेल समेत सञ्चालनमा ल्याएकोमा समाज कल्याण परिषद्ले असन्तोष जनाउँदै आएको थियो । त्यस बाहेक समाज कल्याण परिषदलाई भारत सरकारले उपलब्ध गराएको बालरेलको टिकट मुल्य पनि एकै पटक तीस रुपैयाबाँट बढाएर एक सय पुराएको थियो ।
काठमाडौं काँग्रेस नेतृ कृष्णा अमात्यका दाजु हरिगोपाल अमात्यले बहिनीकै जोडबलमा तत्कालिन समाज कल्याण मन्त्री उमा रेग्मीकै निर्देशनमा परिषदकै उपाध्यक्ष रहेकी मन्त्री रेग्मीकै बुहारी मोनिका भट्टराई अधिकारी, सदस्य सचिव मनोज भट्ट लगायतको मिलोमतोमा उक्त टेण्डर प्रक्रिया हात पारेका थिए। यस ठेक्का प्रकरणमा अख्तियारको नजिरलाई समेत कुल्चेर सम्झौता गर्नु पछाडिको रहस्य भने अझै बाहिर आएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार