राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै
नेपालबहस संवाददाता
मंसिर २२, २०८० शुक्रबार १०:५५:३७
२२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त समीक्षा सञ्चालक समितिको बैठकले पारित गरेको छ । आज सार्वजनिक हुने मौद्रिक नीतिका समीक्षाबाट बैंकको ब्याजदर घट्ने आशा गरिएको छ ।
शेयर कर्जा धितोको सीमा घटाउने अपेक्षा गरिएको छ । राष्ट्र बैंकका अनुसार गभर्नर महाप्रसादको अधिकारीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले बिहीबार समीक्षा पारित गरिसकेको छ । सञ्चालक समितिको बैठकबाट पारितपछि आज पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुनेछ ।
राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्रतिक्षारत छ । मौद्रिक नीतिको समीक्षा बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम हुने अपेक्षा गरिएको छ । यो वर्ष ढिला गरी मैद्रिक नीतिको समीक्षा आउन लागेको हो ।
मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने अघिल्लो दिन साँझ अर्थमन्त्री डा. प्रकाशशरण महतले गभर्नर महाप्रसाद अधिकारीलगायत सम्पूर्ण सञ्चालक समितिलाई शेयर धितो कर्जाको सीमा हटाउन तथा घरजग्गा कर्जालाई सहज बनाउन निर्देशन दिएका थिए ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रबैंकको सम्पूर्ण सञ्चालक समितिसँग बैठक गरेका हुन् । अहिले अर्थतन्त्र समस्यामा छ । मौद्रिक नीतिमार्फत त्यसमा सुधार गर्न सकिन्छ । त्यसो हुँदा ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरण, शेयर तथा घरजग्गाको ऋणलाई सहज हुने किसिमको व्यवस्था गर्न भनेको छु,’ अर्थमन्त्री डा. महतले भने ।
राष्ट्रबैंकको बोर्डमा मन्त्रालयको प्रतिनिधिका रुपमा अर्थसचिव हुने भए पनि मन्त्रालयबाट दिएको सन्देशबारे सबै बोर्ड सदस्यमा समान बुझाइ होस् भन्ने उद्देश्यले उनीहरु सबैलाई एकै ठाउँमा राखेर छलफल गरेको उनले बताए । अहिले शेयर धितो कर्जामा लगाइएको १५ तथा २० करोड रुपैयाँको सीमा हटाउन तथा जुनसुकै आकारको ऋणमा पनि १०० प्रतिशत मात्रै जोखिम भार राख्न अनुरोध गरेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार