कोपा अमेरिका-२०२४ को ड्र सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर २२, २०८० शुक्रबार १२:१९:२६
२२ मंसिर, काठमाडौं । दक्षिण अमेरिकी देशहरु बीच हुने प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ ।
सन् २०२४ को जुनमा हुने कोपा अमेरिकाको खेल तालिका शुक्रबार सार्बजनिक गरिएको हो । अमेरिकामा हुने कोपा अमेरिकामा दक्षिण अमेरिका १० देश र उत्तर तथा मध्य अमेरिकी ६ देश सहभागी हुँदै छन् ।
प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० देश अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलोम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला खेल्दै छन् । त्यस्तै उत्तर तथा मध्य अमेरिकी देशबाट नेसन्स लिग र प्लेअफबाट ६ देश छानिँदै छन् ।
उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३–२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका छन् भने बाँकी दुई टिम प्लेअफ खेलेर छनौट हुने छन् ।
शुक्रवार बिहान सार्वजनिक ड्र अनुसार डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना पेरु र चिलीसहित समूह ए मा परेको छ । साथै प्लेअफबात आउने कोनकाकाफ क्षेत्रको पाँचौं टिम यस समुहमा हुने छ ।
त्यस्तै समूह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन् भने समूह सी मा आयोजक अमेरिकासहित उरुग्वे, पानामा र बोलिभिया रहेका छन् । त्यस्तै समूह डी मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन् भने प्लेअफबाट आउने कोनकाकाफ क्षेत्रको छैटौं देश हुने छ ।
चार समुहका विजेता र उपविजेता सिधै क्वाटरफाइनलमा पुग्ने छन् । कोपा अमेरिकाको पहिलो खेल २०२४ को जुन २० मा अर्जेन्टिना र प्लेअफबाट आउने कोनकाकाफ क्षेत्रको पाँचौं टिमबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल जुलाई १४ मा हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार