बर्दिया कारागारको अवस्था जीर्ण, क्षमता भन्दा चौगुना बढि कैदी बन्दी
नेपालबहस संवाददाता
मंसिर २२, २०८० शुक्रबार १६:११:२१
दीपक शर्मा
२२ मंसिर, बर्दिया । बर्दिया कारागारमा क्षमता भन्दा चौगुना बढि थुनुवा तथा कैदी बन्दी रहेका छन । जीर्ण अवस्थामा रहेको कारागारको भवनमा १ सय ५८ जनाको क्षमता भएपनि हाल कारागारमा ४ सय ५२ जना थुनुवा तथा कैदी बन्दी रहेका छन ।
जस मध्ये ३ सय ९९ जना पुरुष र ४९ जना महिला रहेका छन । १ सय ३३ जना पुरुष कैदी बन्दी रहने क्षमता रहेको कारागारमा ३ सय ९९ जना पुरुष छन भने २५ जना महिला क्षमता भएको कारागारमा हाल ४९ जना महिला रहेका छन । क्षमता भन्दा वढि कैदी बन्दी र थुनुवा रहदा कैदी बन्दिको दैनिकी निकै कष्टकर भएको छ ।
कारागारमा ४ जना ५ वर्ष मुनिका बालबालिका समेत रहेको बर्दिया कारागारका प्रमुख सन्तोष विकले बताए । ति बालबालिका आफनै आमा सग रहेको बताइन्छ घरमा हेर्ने मानिस कोही नभएको र बच्चाहरू सानै भएका कारण आमासगै रहेको वि.क ले बताए ।
कैद सजाएका काटिरहेका मध्ये १० जना भारतिय नागरिक रहेका छन जस मध्ये ६ जना थुनुवा र ४ जनाले कैद भुत्तानका लागी सजाए काटिरहेका छन । कारागारमा रहेका मध्ये अधिकास लागु औषध, जवरजस्ती करणी ,हातहतियार खरखजाना ,डाँका चोरी , बहुविवाह, तथा व्यत्तिः हत्याको सजाए काटिरहेका छन भने कतिको मुद्धाको टुगो लाग्न बाँकि रहेको छ ।
निकै पुरानो कारागारको अवस्था जिर्ण भएका कारण कैदी बन्दीहरु कोच्चिएर बस्न बाध्य भएका छन । १ सय ५८ जनाको क्षमताको कारागारमा हाल ४ सय भन्दा बढि कैदी बन्दी रहेका कारण कारागारको सुरक्षामा समेत प्रश्न चिन्ह खडा भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार