युद्धकालीन यौनदासीहरूका लागि फैसला भएपछि जापानले कुनै अपिल गरेन : दक्षिण कोरिया
नेपालबहस संवाददाता
मंसिर २३, २०८० शनिबार १६:३४:५६
२३ मंसिर, सोल । टोक्योले कुनै अपिल नगरेकाले युद्धकालमा जबरजस्ती यौन दासत्वमा परेका १६ महिलालाई क्षतिपूर्ति दिन जापानलाई आदेश दिने दक्षिण कोरियाली अदालतको फैसलालाई ‘अन्तिम रूप’ दिइएको दक्षिण कोरियाको विदेश मन्त्रालयले शनिबार बताएको छ ।
मूलधारका इतिहासकारहरूका अनुसार दोस्रो विश्वयुद्धमा अधिकांश कोरियालीसहित चीन र एसियाका अन्य भागका दुई लाख महिला जापानी सैनिकहरूका लागि यौनदासी बन्न बाध्य भएका थिए । सन् १९१० देखि सन् १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानको औपनिवेशिक शासनका बारेमा जापान र दक्षिण कोरियाको ऐतिहासिक विवादको एक भागका रूपमा रहेको यो मुद्दाले दुई अमेरिकी सहयोगीबीचको द्विपक्षीय सम्बन्धलाई लामो समयदेखि प्रभावित बनाएको छ ।
नोभेम्बर २३ को फैसलाले मुद्दा खारेज गर्ने तल्लो अदालतको निर्णयलाई उल्ट्याउँदै टोक्योलाई प्रत्येक कोरियाली उजुरीकर्तालाई करिब २० करोड वन 'एक लाख ५२ हजार अमेरिकी डलर' भुक्तानी गर्न आदेश दिएको थियो । उक्त फैसलापछि जापानका विदेशमन्त्री योको कामिकावाले फैसला ‘विल्कुल अस्वीकार्य’ र ‘स्पष्टरूपमा अन्तर्राष्ट्रिय कानून र दुवै मुलुकबीचको सम्झौताको विपरीत’ रहेको बताएका थिए।
दक्षिण कोरियाली मिडियाहरूले टोक्योको अपिल नगर्ने निर्णय त्यस्ता फैसलालाई खारेज र न्यूनीकरण गर्ने अभियानको निरन्तरता हो भनेका छन् । उनीहरूका अनुसार अन्य मुलुकका अदालतको अधिकार क्षेत्रको अधीनमा नरहेको तर्क गर्दै जापानले लामो समयदेखि अन्तर्राष्ट्रिय कानूनअन्तर्गत ‘राज्य प्रतिरक्षा’ दाबी गर्दै आएको छ ।
जापानी सरकार, प्रतिवादीका तर्फबाट कुनै अपिल नभएको भन्दै सोलको विदेश मन्त्रालयले अदालतको फैसलालाई आज अन्तिम रूप दिइएको बताएको छ । “दक्षिण कोरियाली सरकारले पीडित महिलाहरूको सम्मान र प्रतिष्ठा कायम राख्नका लागि प्रयास जारी राख्नेछ, साथै दक्षिण कोरिया र जापानले भविष्य उन्मुख तरिकाले सहयोग जारी राख्ने कुराको सुनिश्चित गर्नेछ”, विदेश मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सन् १९६५ को सन्धिले औपनिवेशिक कालसँग सम्बन्धित सबै दाबीलाई व्यवस्थित गरेको जापानले जोड दिएको छ । उक्त सन्धिअन्तर्गत दुवै मुलुकले करिब ८० करोड अमेरिकी डलरको अनुदान र सस्तो ऋणको क्षतिपूर्ति प्याकेजका साथ कूटनीतिक सम्बन्ध पुनःस्थापना गरेका थिए ।
जापानसँग लामो समयदेखि चलिरहेको ऐतिहासिक विवादका बाबजुद दक्षिण कोरियाको कन्जरभेटिभ सरकारले आणविक हतियारयुक्त उत्तर कोरिायबाट बढ्दो खतराहरूको सामना गर्नका लागि टोक्यो र वासिङ्टन दुवैसँग आफ्नो सैन्य सहयोगलाई विस्तार गरेको छ ।
तीनै सहयोगीले शनिबार प्योङयाङको सामना गर्नका लागि ‘नयाँ त्रिपक्षीय पहल’ सुरु गरेको घोषणा गरेका छन् । उक्त पहलमा उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणमा वास्तविक समय डाटा–साझेदारी अ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार