जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, बम्पर प्रतिफल
नेपालबहस संवाददाता
मंसिर २३, २०८० शनिबार १७:८:३५
२३ मंसिर, बर्लिन । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा प्रयोग गरिन्छ। यसैबाट रोटी र बिस्कुटसहित विभिन्न परिकार पनि बनाइन्छ ।
त्यसैले विश्वले अधिकतम गहुँ उत्पादनमा जोड दिइरहेको छ । तर, युक्रेन युद्धको प्रारम्भिक दिनमा रुस–युक्रेनबाट गहुँको निर्यात रोकिए पछि विश्वभर खाद्यान्न संकट उत्पन्न भयो। जसले संसार भर गहुँ खाद्यान्नको अभाव भोग्नु पर्यो ।
जसका कारण अफ्रिकामा मात्र नभई युरोपेली देशहरूमा पनि रोटी पाउन मुस्किल भएको थियो। त्यसोभए विकल्प के छ ? हामी सबैलाई थाहा छ कि गहुँ एक पटक छरिएको छ र यसको बाली ४ महिना पछि मात्र तयार हुन्छ। यो एक वर्षमा धेरै पटक बढ्न सक्दैन। तर जर्मन वैज्ञानिकहरूले वर्षमा ६ पटक काट्न सकिने गहुँको यस्तो प्रजाति उब्जाउँदै छन्। जुन खाद्यान्न संसारका लागि बम्पर प्रतिफल हुने देखिएको छ ।
जर्मनको म्युनिख सहरका अन्वेषकहरूले जलवायु कक्षभित्र गहुँ खेतीमा रोचक प्रयोग गरिरहेका छन् । ड्युचे वेलेको समाचार अनुसार विशेष प्रकारको गहुँ तयार गरेका छन्, जसले धेरै छिटो पाक्ने मात्र नभई वर्षमा ६ पटक बाली पनि उत्पादन गर्न सक्छ । वैज्ञानिकका अनुसार गहुँको यो विशेष जात १० हप्ता अर्थात् साढे दुई महिना अघि नै तयार हुनेछ । थप प्रकाशमा उत्पादन पनि उच्च हुनेछ।
एक एकडमा १०० क्विन्टल गहुँ
वैज्ञानिकका अनुसार लागतमा उल्लेख्य कमी आउने छ । तपाईंले एक पटकको लागतमा ६ गुणा फसल प्राप्त गर्न सक्षम हुनुहुनेछ। अर्थात् अहिले एक एकरमा २० क्विन्टल गहुँ उत्पादन गर्दै हुनुहुन्छ भने सोही जमिनमा १०० क्विन्टल गहुँ उत्पादन गर्न सकिन्छ । वैज्ञानिकहरूले यसको हरेक पक्षमा नजर राखिरहेका छन्।
सामान्य खेतीपातीको तुलनामा पानीको खपत ९५ प्रतिशतले घट्ने गरी यस्तो प्रणाली तयार भइरहेको छ । म्युनिखको प्राविधिक विश्वविद्यालयको डिजिटल कृषिका अध्यक्षले यस परियोजनालाई आर्थिक सहयोग गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार