गाजामा तत्काल मानवीय राहत वितरण गर्न डब्ल्यूएचओको आह्वान
नेपालबहस संवाददाता
मंसिर २५, २०८० सोमबार ११:५५:३२
२५ मंसिर, गाजा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको छ । आइतवार डब्ल्यूएचओको कार्यकारी बोर्डको विशेष बैठकले प्रस्ताव पारित गर्दै गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको हो ।
उसले मानवीय सहायतामा तत्काल पहुँच पुर्याउन र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ। पारित गरिएको प्रस्तावमा ‘चिकित्सक र स्वास्थ्यकर्मीसहितकोे मानवीय राहतको तत्काल गाजामा पुर्याउनपर्ने भनिएको छ ।
सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्न आह्वान गरेको प्रस्तावमा ‘सशस्त्र द्वन्द्वका सबै पक्षहरूले सशस्त्र द्वन्द्व र चिकित्सा कर्मचारीहरूमा नागरिकहरूको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत उनीहरूलाई लागू हुने दायित्वहरू पूर्ण रूपमा पालना गर्नुपर्दछ’ भनेर उल्लेख गरिएको छ ।
डब्ल्यूएचओको ७५ वर्षको इतिहासमा कार्यकारी बोर्डको विशेष बैठक यो सातौं हो । यस प्रस्तावको पारितले ‘सबै परिस्थितिमा स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकताको रूपमा महत्व दिन्छ, र सबैभन्दा कठिन परिस्थितिमा पनि शान्तिको पुल निर्माण गर्न स्वास्थ्य सेवा र मानवीयताको भूमिकालाई जोड दिन्छ,’ डब्ल्यूएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्यालेस्टाइनी सशस्त्र समूह हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार २०० मानिस मारिए र २०० भन्दा बढीलाई बन्धक बनाएपछि सुरु भएको गाजामा गहिरो मानवीय संकट पैदा भएको छ । यसको समाधानका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद् संघर्ष गरिरहेको छ।
हमासविरुद्ध जवाफी कारबाही थाल्दै इजरायलले हमासविरुद्ध युद्धको घोषणा ग¥यो र गाजालाई अधिनमा राख्ने प्रयास गरेको छ । सो आक्रमणका कारण करिब ८० प्रतिशत जनसंख्या विस्थापित भएको र रोगको बढ्दो खतरासँगै खाना, पानी र औषधिको अभाव भएको संयुक्त राष्ट्रसंघले बताएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले धारणा राख्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार