राष्ट्रियसभामा तीन दलको भागवण्डा, आयोगमा पाँच दल
नेपालबहस संवाददाता
मंसिर २६, २०८० मंगलबार १२:२१:२०
२६ मंसिर, काठमाडौं । सरकारमा रहेका तीन दलले राष्ट्रिय सभाको निर्वाचनमा भागवण्डा गर्ने भएका छन् । एमालेको सीटमा उनीहरूले भागवण्डा गर्ने भएका हुुन । त्यसका लागि तीन दलका शीर्ष नेताहरूले सहमति गरिसकेका छन् । निर्वाचन हुने १९ सिटमध्ये सत्तारुढ दलभित्र कांग्रेसले ९, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले तीन र जसपाले एक सिट पाउने गरी छलफल भइरहेको छ । त्यस्तै राष्ट्रपतिबाट मनोनीत हुने एकजना सांसदको सिट नेपाली कांग्रेसले माग गरिरहेको छ ।
यही क्रममा निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि हालसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएको जनाएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले राष्ट्रियसभाको निर्वाचनका लागि पाँचवटा दलले दल दर्ताको निवेदन दिएको जानकारी दिएका छन् ।
राष्ट्रियसभा निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आयोगमा निवेदन दिएका छन् । ‘आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबारसम्म पाँचवटा राजनीतिक दलले दर्ताको निवेदन दिएका छन्,’ उनले भने, ‘आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ गतेदेखि मंसिर २९ गतेसम्म दल दर्ताको आह्वान गरेकामा हालसम्म नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत र नेमकिपाले दल दर्ता गराएका छन् ।’
आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाका २० पदमध्ये माघ ११ गते १९ पदका लागि निर्वाचन हुँदै छ। आयोगले आगामी पुस २३ गते राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता, पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने, माघ ११ गते मतदान हुने, पुस २६ गते अन्तिम नामावली प्रकाशन गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २८ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
‘नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दललाई माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २ सय ७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन गत मंसिर २४ गतेदेखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगमा निवेदन दिन यो सूचना गरिएको छ,’ आयोगले एक सूचनामा उल्लेख गरेको थियो । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाताहरू प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख÷अध्यक्ष तथा उपाध्यक्षको मतभार निर्धारण गरिसकेको छ ।
२०७८ सालमा सम्पन्न जनगणनाको आधारमा राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिसमा राष्ट्रियसभाका मतदाता रहेका प्रदेशसभा सदस्यहरू र स्थानीय तहका पदाधिकारीको मतभार तय गरिसकिएको छ । आयोगले प्रदेशसभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि १९ मतभार कायम गरेको हो । राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनासहित एमालेका ९, कांग्रेसका चार, नेकपा माओवादी केन्द्रका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एक गरी २० जना सांसदको पदावधि आगामी फागुन २१ गतेदेखि सकिँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ
असोज ७, २०८१ सोमबार
अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै
असोज ७, २०८१ सोमबार
समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे
असोज ७, २०८१ सोमबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ
असोज ७, २०८१ सोमबार
अपडेट : लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु
असोज ७, २०८१ सोमबार
संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूत श्रीवास्तवद्वारा कला प्रदर्शनी अवलोकन
असोज ७, २०८१ सोमबार
गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत
असोज ७, २०८१ सोमबार
सुक्खा पहिरोमा परी एक महिला बेपत्ता
असोज ७, २०८१ सोमबार
सर्लाहीमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु
असोज ७, २०८१ सोमबार