इरानले धर्मगुरू अयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड दिएको छ : न्यायपालिका
नेपालबहस संवाददाता
मंसिर २७, २०८० बुधबार १७:१४:३७
२७ मंसिर, तेहरान । इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।
देशको सर्वोच्च नेता चयन गर्ने विशेषज्ञहरूको सभाका सदस्य अयातुल्लाह अब्बास अली सुलेमानीको गत अप्रिल २६ मा उत्तरी प्रान्त मजान्दारनको बाबोलसर शहरको एक बैंकमा हत्या गरिएको थियो ।
नाम नखुलाइएका ती हत्यारा बैङ्कमा सुरक्षा गार्ड थिए । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा ‘उनले कुर्सीमा बसिरहेका बेला धर्मगुरुलाई पछाडिबाट गोली हानेको देखिएको’ देखिन्छ ।
धार्मिक शहीद अयातुल्लाह अब्बास अली सुलेमानीको हत्यारालाई देशको सर्वोच्च अदालतले अनुमोदन गरेपछि आज कासा 'प्रतिशोधसम्बन्धी इस्लामिक कानून' को सजाय सुनाइएको छ,” न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा उल्लेख छ ।
इस्लामी कानुनअनुसार पीडित परिवारले दोषीलाई छोड्न सहमत भएमा केसासको सजाय घटाउन सकिन्छ । ७५ वर्षीय सुलेमानी यसअघि सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सहयोगी थिए र उनले काशान र जाहेदान शहरमा शुक्रबार हुने इस्लामिक प्रार्थनाको नेतृत्व गर्नेगरेका थिए ।
विशेषज्ञहरूको ८८ सदस्यीय सम्मेलनलाई सर्वोच्च नेताको पर्यवेक्षण, बर्खास्ती र चयन गर्ने जिम्मेवारी दिइएको छ । यसको नेतृत्व ९६ वर्षीय धर्मगुरु अहमद जनातीले गरिरहेका छन् । यसका सदस्यहरू आठ वर्षे कार्यकालका लागि निर्वाचित हुन्छन्, तर उनीहरूको उच्च पदस्थ धर्मगुरूबाट अनुगमन हुने गर्छ ।
सन् २०२२ को अप्रिलमा इरानको दोस्रो सहर मशादमा छुरा प्रहारबाट दुई धर्मगुरुको मृत्यु भएको थियो । २१ वर्षीय संदिग्ध जिहादी अब्दोलातिफ मोराडीलाई दुई महिनापछि फाँसी दिइएको थियो ।
मानवअधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका अनुसार इरान विश्वमा धेरै मानिसलाई मृत्युदण्ड दिनेमध्येको एक इस्लामिक मुलुक हो । नर्वेस्थित इरान मानव अधिकार समूहले गत महिना सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार यो वर्ष अहिलेसम्म ६०० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइसकेको छ, जुन आठ वर्षयताकै सबैभन्दा बढी हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार