स्वयम्भू र हनुमानढोका क्षेत्रलाई जोड्ने गुरुयोजना सार्वजनिक
इन्द्र रिजाल
बैशाख ५, २०७६ बिहिबार २२:२८:२४
काठमाडौं ।काठमाडौँ महानगरपालिकाले दुई हजार २०० मिटरको दूरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्ने गुरुयोजना सार्वजनिक गरेको छ ।
बिहिबार विश्व सम्पदा दिवस २०७६ को अवसरमा काठमाडौंको हनुमानढोकाबाट महानगरले उक्त गुरुयोजना सार्वजनिक गरेको हो ।
सम्पदा पदयात्रा नाम दिइएको गुरुयोजनामा संस्कृति तथा रीतिस्थितिलाई पर्यटकीय व्यवस्थापनसँग जोडेर स्थानीय जीविकोपार्जन सुधार गर्ने र मूर्त अमूर्त सांस्कृतिक पक्षको पुस्तान्तरण गर्ने कामलाई लक्ष्य बनाइएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए । स्वयम्भू र हनुमानढोकाबीचमा अवलोकनयोग्य प्रशस्त संरचना रहेकाले यी स्थान तय गरिएको उनले बताए ।
काठमाडौँ महानगरका मूर्त एवं अमूर्त सम्पदाको पहिचान, पुस्तान्तरण तथा सम्वद्र्धनको कार्यमा पनि गुरुयोजना महत्वपूण हुने महानगरको विश्वास छ । दुई सम्पदालाई पदमार्गमार्फत जोड्ने योजना यसअघि समेत चर्चामा आउने गरेको थियो । तर, यसको कार्यान्वयन भने हुन सकेको थिएन ।
यसका लागि करिब १० करोड रुपैयाँ लागत लाग्ने अनुमान महानगरपालिकाको छ । यस क्षेत्रका सम्पदाको पहिचान, पुस्तान्तरण र संवद्र्धनमा यो योजना महत्वपूर्ण हुने विश्वास महानगरपालिकाको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपक्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
चट्टाने पहाडको कापमाथिबाट झरेको फुङफुङे झरना
मंसिर १३, २०८१ बिहिबार
जाडो छल्न आएका चखेवा
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार