कर्मचारीको लापरबाहीका कारण निगमको दुइ करोड अझै ह्याकरको हातमा !
नेपालबहस संवाददाता
मंसिर २८, २०८० बिहिबार १४:२१:१२
२८ मंसिर, काठमाडौं । नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबाट केही महिनाअघि दुई करोड रुपैयाँ ह्याकरले ठगी गरेको पैसा अहिलसम्म प्राप्त हुन सकेको छैन । निगमको दुबई स्टेसनका कर्मचारीको लापरबाहीका कारण दुई करोड रुपैयाँ ह्याकरले ठगी गरी लगेको पैसा अहिलेसम्म पूर्ताल हुन नसकेको हो ।
बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ई–मेलमार्फत आएको विवरणअनुसार कर्मचारीहरूले रकम भुक्तानी गरिदिँदा निगमले दुई करोड नोक्सानी भएको स्रोतले जनाएको छ । रकम ह्याकरले लगेको विषयमा निगमले अहिले अध्ययन समिति बनाएर अध्ययन गर्नुका साथै रकम फिर्ता ल्याउनका लागि ३६ लाख रुपैयाँ खर्च गरेर परामर्शदातासमेत नियुक्त गरेको भएपनि सो रकम फिर्ता आउन नसकेको हो ।
गत भदौ महिनामै सो रकम गुमेको थियो । असोज महिनामा परामर्शदाता नियुक्त भएका थिए । सानो रकमको आदानप्रदानमा समेत दोहोरो जाँच गरेर खाता नम्बर यकीन भएपछि मात्रै भुक्तानी गर्नुपर्ने विषय सामान्य आर्थिक चेतना हुनुपर्नेमा कर्मचारीले भुक्तानी गरिदिएका थिए । निगमको दुबई स्टेसनले क्याटरिङ सेवा दिइरहेको कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम झुक्यानमा पारी ह्याकरले लगिदिएको स्रोतको दावी छ ।
निगमले ‘इमिरेट्स इन फ्लाइट क्याटरिङ’बाट क्याटरिङको सेवा लिइरहेको छ । सेवा लिएबापत निगमले उक्त कम्पनीलाई किस्तामा रकम भुक्तानी गरिरहेको थियो । ह्याकर समूहले दुबई स्टेसनको ई–मेल आईडी ह्याक गरी क्याटरिङ कम्पनीको खाता नम्बर परिवर्तन भएको र नयाँ खातामा रकम जम्मा गरिदिन भन्दै खाता विवरण पठाएको थियो । स्टेसनका कर्मचारीले उक्त ई–मेलबारे बुझबुझारत नगरी भनिएकै नयाँ खातामा रकम हालिदिँदा निगमको सोरकम गुमेको स्रोतको दावी छ ।
‘लामो समय भयो निगमलाई दुई करोड घाटा लागेको रकम फिर्ता आउने संभावना निकै कमजोर छ’, स्रोतले भन्यो । निगम स्रोतका अनुसार स्टेसनका कर्मचारीले ई–मेल आईडीमा खाता परिवर्तन भएको भन्दै पठाएको सूचना भेरीफाइ नगरी तीन किस्तामा गरी १ करोड ९१ लाख रुपैयाँ पठाएका थिए । त्यसरी रकम पठाइसक्दा पनि क्याटरिङ सेवा दिइरहेको कम्पनीले आफूहरूको भुक्तानी नभएको भन्दै पत्राचार गरेपछि मात्रै ह्याकरको हातमा रकम पुगेको थाह पाएका हुन् । उक्त खाताबाट ह्याकरले रकम झिकिसकेको छ । स्टेसनका कर्मचारीले रकम हालिदिएको खातामा अहिले एक रुपैयाँ पनि छैन । स्रोतका अनुसार रकम ह्याकरले लगेको विषयमा निगमले अहिले अध्ययन समिति बनाएर अध्ययन गरेको थियो ।
सो अध्ययन समितिले के रिपोर्ट बुझायो भन्नेबारेमा सार्वजनिक गरिएको छैन । साथै ह्याकरले लगेको रकम फिर्ता ल्याउनका लागि भन्दै निगमले १ लाख दिराम (झण्डै ३६ लाख रुपैयाँ) खर्च गरेर एउटा परामर्शदातासमेत नियुक्त गरेको गरेको थियो । जीएसएको सेटिङसँगै ह्याकरले रकम लगेको विषय मिलाउन निगमका अध्यक्ष युवराज अधिकारीसमेत असोजमा दुबई पुगेर फर्केका छन् । उनी पनि रित्तै फर्केको स्रोतले जनाएको छ । यस्तो गम्भीर लापरबाही गर्ने कर्मचारीलाई निलम्बन गरी छानबिन गर्नुपर्नेमा अहिलेसम्म निगम व्यवस्थापनले कुनै काम गरेको छैन । अध्यक्ष अधिकारीले आफू निकट कर्मचारीलाई नै दुबई स्टेसन पठाएकाले पनि उनी घटना लुकाउने प्रयासमा लागिरहेका स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पुष २४, २०८१ बुधबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार