नक्कली भूटानी शरणार्थीबारे दोस्रो चरणको अनुसन्धान अन्यौलमा
नेपालबहस संवाददाता
मंसिर २८, २०८० बिहिबार १४:२५:४९
२८ मंसिर, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको संगठित ठगी घटनामा उच्च अदालतमा बहस सकिएर फैसला आइसक्दा पनि दोस्रो चरणको अनुसन्धानबारे प्रहरीमा अन्यौल रहेको छ । काठमाडौं प्रहरी परिसरले यसलाइ केही समय अघि अनुसन्धान गुपचुप अघि बढाएको भएपनि अनुसन्धान सकिएको वा कायम रहेको भन्नेबारेमा अन्यौल रहेको हो ।
पहिलो चरणको अनुसन्धान सकिएपछि परेका जाहेरीलाई आधार बनाएर जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान थालेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरी अधिकारी फेरिँदैमा कुनै असर पर्दैन । दोस्रो चरणमा पनि सुक्ष्म अनुसन्धान नै भइरहेको भन्ने प्रहरीको भनाई रहेपनि अहिलेसँम्म कोही पनि व्यक्ति पक्राउ नपरेकाले परिसरमै थन्किएको आशंका रहेको छ ।
उच्च अदालत पाटनमा थुुनछेकको बहस शुरु हुनअघि परिसरले पुर्पक्षका लागि थुनामा रहेका बिचौलियाहरुलाई झिकाएर बयान गराएको थियो । तर उनीहरूले के कस्तो बयान दिए भन्ने बारेमा केही उल्लेख छैन । काठमाडौं परिसरले यसै साता सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मालगायतको बयान लिएको थियो । साउनको अन्तिम साता १८ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएर उनीहरूको बयान लिएको स्रोतको दावी छ । किटानी जाहेरीमा नाम उल्लेख गरिएका बिचौलियाले नै सर्वसाधारणसँग पैसा उठाएर गृह मन्त्रालयका अधिकारीलगायत उच्चपदस्थलाई आर्थिक प्रभावमा पारी आफूअनुकूल काम गराउने प्रयास गरेका थिए ।
पहिलो चरणको अनुसन्धानमा उनीहरूले यो कुरा बयानमा मात्र बताएनन्, त्यसको प्रमाणसमेत दिएका थिए । तर, यसपटक उनीहरूको बयान फेरिएको स्रोतले जनाएको छ । यसपटकको बयानमा उनीहरूले उच्चपदस्थहरूको नाम लिएका छैनन । साथै, बयान पनि इन्कारी दिएका छन । जसकारण अनुसन्धान प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि उनीहरूकै बयानका आधारमा कांग्रेस नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझीलगायतका उच्चपदस्थ पक्राउ परेका थिए । हाल उनीहरू पनि पुर्पक्षका लागि जेलमा छन । बालकृष्ण खाँणको हकमा उच्च अदालत पाटनमा आज पनि सुनुवाइ रहेको छ , उच्च अदालत पाटनबाट उनको फैसला आजै आउनसक्ने संभावना रहेको छ । दोस्रो चरणमा उच्चपदस्थहरूमाथिको अनुसन्धानमा प्रहरीले पनि चासो राखेको छैन । यसअघि संगठित अपराध, राज्यविरुद्धको कसुर, ठगी र लिखत किर्ते मुद्दा दायर भएको थियो ।
अहिले सामान्य ठगी मात्र चलाउनुपर्ने दबाब प्रहरीमाथि परेको छ । दोस्रो चरणको अनुसन्धानबारे जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारी औपचारिक कसैले केही पनि बताएका छैनन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार