चिसाेमा स्याङ्जाको श्रवणका विद्यार्थीलाई न्यानो ट्रयाक सुट
नेपालबहस संवाददाता
मंसिर २८, २०८० बिहिबार १६:१०:१०
प्रकाश डोटेल
२८ मंसिर, स्याङ्जा । जिल्ला सदरमुकामस्थित पुतलीबजार नगरपालिका १४ को श्रवण माध्यमिक विद्यालय लामागेका पूर्व विद्यार्थीहरूको पहलमा विद्यालय केन्द्रित शैक्षिक गतिबिधिमा संचालन गर्ने पवित्र उद्देश्यका साथ स्थापित पूर्व विद्यार्थी मञ्चले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
विद्यालयमा अध्ययनरत १ सय २३ जना (सम्पूर्ण) विद्यार्थीहरूको लागि १ लाख २५ हजार रुपैयाँ बराबरका न्यानो कपडा (ट्रयाक सुट) वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन के.सी. र प्रधानाध्यापक हिमलाल ढकाललाई न्यानो कपडा हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष अमृत लामिछानेले विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन पूर्व विद्यार्थी मञ्चले आगामी दिनहरुमा समेत सहकार्य गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिका–१४, का वडाअध्यक्ष जितेन्द्रप्रकाश मल्लले पूर्व विद्यार्थी मञ्च विद्यालयको सारथी संंस्थाकोे रुपमा रहेको र मञ्चका हरेक गतिबिधी आँफूले नजिकैबाट नियाली रहेको बताए ।
वडाअध्यक्ष मल्लले स्थानीय सरकारका तर्फबाट आगामी आर्थिक वर्षभित्र विद्यालयलाई घेराबार सहितका भौतिक निर्माणमा जोड दिने सुनाए । उनले विद्यालयको शैक्षिक र भौतिक गतिविधि एकअर्काका परिपूरक रहेको समेत बताए ।
कार्यक्रममा पुतलीबजार–१४ का वडा सदस्य मुवारक मियाँ, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष अमृत लामिछाने, विद्यालयका विद्यार्थी सुरेन्द्र जैसी, विद्यालयका पूर्व शिक्षिकाद्वय मिना पराजुली, शर्मिला दवाडी, लगायतले विद्यालयको उन्नति र प्रगतिमा साथ सहयोग रहने बताए ।
पूर्व विद्यार्थी मञ्चले विद्यालयमा आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा पूर्व विद्यार्थीहरूले गरेको सहयोग रकमलाई बचत गर्दै सदुपयोग गरी सृजनशील गतिबिधिमा गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन के.सी.ले धन्यवाद समेत व्यक्त गरे ।
श्रवण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रधानाध्यापक हिमलाल ढकालले स्वागत तथा सहायक प्रधानाध्यापक बेदप्रसाद पौडेलले संचालन गरेका थिए ।
उक्त कार्यक्रमकै अवसरमा विद्यालयबाट विभिन्न विद्यालयहरूमा सरुवा भई भएका शिक्षिकाहरु मिना पराजुली र शर्मिला दवाडीको बिदाई गरिएको थियो । स्मरण रहोस् २०७७ फागुनमा स्थापित पूर्व विद्यार्थी मञ्चले विद्यालय केन्द्रिय थुप्रै शैक्षिक तथा सामाजिक कार्यक्रमहरू गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
संसद् बैठक बोलाउन आलटाल गर्नु लोकतन्त्रमाथि नै गम्भीर समस्याः माओवादी
पुष १९, २०८१ शुक्रबार
लोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार