हात्ती आतंक नियन्त्रण गर्न जिल्ला प्रशासनलाई किसान महासंघ मोरङको आग्रह
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार २०:१४:१७
यज्ञप्रसाद भट्टराई
२९ मंसिर, झापा । मोरङ जिल्लामा लगातार हात्ती आतंक बढिरहेको छ । किसानले लगाएको बाली लगातार विनाश गरिरहँदा मात्रै हैन मान्छेसमेत मारिरहँदा पनि स्थानीय र प्रदेश सरकार मौन रहनु आश्चर्यजनक रहेको भन्दै नेपाल किसान महासंघ मोरङ जिल्ला कार्यसमितिले आपत्ति जनाएको छ ।
किसानले लगाएको मकै केरा तोरी धान लगायतका बालीमा क्षति पुर्याउनुका साथै मानिसका घरसमेत भत्काउन थालेपछि मोरङका अधिकांश भेगमा बस्ने नागरिकहरू थप त्रसित भएका छन् । किसानका समस्यामा सहयोगी बन्दै आइरहेको नेपाल किसान महासंघ मोरङ जिल्ला कार्यसमितिले केही दिनअघि बेलबारीको हात्ती आतंक र किसानले बेहोर्नुपरेको दुःख क्षति भएको बालीको विवरण सहित कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
तत्काल किसानका समस्यामा गम्भीर बन्न सचेत गराउँदै महासंघले मुख्यमन्त्री केदार कार्कीलाई यस विषयमा तत्काल कदम चाल्न अनुरोधसमेत गरेको जनाएको छ । त्यसपछि पनि निरन्तर हात्ती आतंक नरोकिएपछि बिहीबार नेपाल किसान महासंघले मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समेत ध्यानाकर्षण गराएको महासङ् मोरङका अध्यक्ष वसन्त हुमागाईले नेपाल बहसलाई बताएका छन् ।
महासंघले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ध्यानाकर्षणमा मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका, पथरी शनिश्चरे नगरपालिका, बेलबारी नगरपालिका र सुन्दर हरैचा नगरपालिका लगायतका क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट मानवीय क्षति सहित किसानका बालीनाली नष्ट हुँदा किसानहरु अप्ठ्यारोमा परेको, हात्तीका बथान रैथाने झैँ गरी लामो समयसम्म त्यही बसोबास गर्ने गरेको कारण दिउँसो समेत मानिसहरू आवतजावतमा कठिनाइ भएको प्रति प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको महासंघ मोरंगका अध्यक्ष हुमागाँईले बताएका छन् ।
महासंघले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदै भनेको छ किसानहरू आफ्नो बालीनाली जोगाउनका निम्ति रातभरि जागराम बस्नुपर्ने कष्टदायी जीवन बाँच्न बाध्य भएकाले तत्काल भारतबाट नेपाल प्रवेश गरेका हात्तीलाई तदारुपताका साथ उनीहरुकै पुरानो बासस्थान पट्टि फर्काउन प्रहरी प्रशासनलाई निर्देशन गरी हात्तीबाट विनाश भएका किसानको क्षतिपूर्तिको व्यवस्था मिलाइदिन अनुरोध समेत गरेको महासंघ मोरङले जनाएको छ ।
नेपाल किसान महासङ्घ मोरङ जिल्ला कार्यसमितिको सक्रियता र सहयोगबाट आम मोरङ जिल्लाका किसानहरू उत्साहित र खुसी भएका छन् । विगतमा पटकपटक राजनीतिक दल र तिनका नेताका घर चाहार्दा समेत कुनै सुनवाई नभएको हात्ती आतंकको विषय मोरङमा बसन्त हुमागाईंको नेतृत्वमा आएको महासङ्घको नेतृत्वले लगातार उक्त बिषय उठान भएकोमा मोरङ जिल्लाका तमाम किसानहरु खुसी देखिएका छन् ।
नेपाल किसान महासङ्घ मोरङ जिल्ला अध्यक्ष वसन्त हुमागाईंले किसानका समस्यामा प्रदेश सरकार र स्थानीय प्रशासन गम्भीर नभए र पुन हात्ती आतंकले किसान त्रसित हुनुपरे महासङ्घ जस्तोसुकै दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएको नेपाल बहसडटकमलाई बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
इटालियन प्रधानमन्त्री मेलोनी र ट्रम्पले सँगै हेरे फिल्म
पुष २२, २०८१ सोमबार
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
पुष २२, २०८१ सोमबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार