गण्डकी–लुम्बिनी जोड्ने ‘सिग्नेचर ब्रिज’
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार १५:२७:३३
प्रकाश डोटेल
३ पुष, स्याङ्जा । गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने कालीगण्डकी नदीमा ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का सम्झौता भएको छ । सम्झौता भएसँगै गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल (रामनदी धाम) राम्दीस्थित कालीगण्डकी नदीमा पक्की पुल निर्माण थालिएको हो ।
सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि नयाँ पुल निर्माण थालिएको छ । २०२८ मा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ को निर्माण थालिएको पुल सेक्टर पोखराका इञ्जिनियर आशिष रिजालले जानकारी दिए ।
अत्याधुनिक प्रविधि प्रयोग गरेर कालीगण्डकी नदीमा आकर्षक एवं कलात्मक पुल निर्माण गर्न लागिएको हो । “पुरानो पुल जीर्ण हुँदै जाँदा ठूला भारबहन क्षमताका सवारी साधन सञ्चालन हुन पाएका थिएनन्” रिजालले भने, “एकहप्ता अघिदेखि पुल निर्माण सुरु गरेका छौँ, स्याङ्जा तर्फको घर टहरा भत्काएर जग खन्ने काम अगाडि बढेको छ ।”
सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरी ठेक्का सम्झौता भई काम अगाडि बढेको हो । २०८२ साल असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग पुल निर्माणको ठेक्का सम्झौता भएको छ ।
१ सय २० मिटर लामो हुने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बनाउने तयारी छ । हाल सञ्चालनमा रहेको पुरानो पुल ९३ मिटर लामो छ । “पुल निर्माण सम्पन्न गर्नका लागि २७ करोड ७१ लाख लागत लाग्नेछ” रिजालले भने, “पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ ।” अब बन्ने नयाँ पुलमा ४० टनसम्मको भारबहन क्षमता रहने छ ।
भारत सरकारको सहयोगमा २०२२ देखि सिद्धार्थ राजमार्गको निर्माण सुरु भई २०२८ मा सम्पन्न भएको थियो । देशकै पर्यटकीय सहर एवं गण्डकी प्रदेशको सदरमुकाम पोखरालाई व्यापारिक सहर बुटबल तथा भारतसँगै जोड्ने पुरानो सडक हो सिद्धार्थ राजमार्ग । सडक निर्माण भएको लामो समय भइसक्दा पनि यसको स्तरोन्नति हुन सकेको थिएन् ।
उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । राम्दीघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थ स्थलसँगै भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउने योजना छ । ठूला भारबहन क्षमताका सवारी साधन राम्दीमा रहेको हालको पुलमा सञ्चालन हुन नसक्दा माल सामान ढुवानीमा कठिनाइ भएको थियो । यसले गर्दा आसपासका उपभोक्ता मर्कामा परेका थिए ।
नयाँ पुल निर्माण थालिएसँगै पुलको बाटो भई सामन ढुवानी गर्ने उद्योगी, व्यापारी तथा उपभोक्ता खुसी हुन थालेका छन् । पुल निर्माण भएको लामो समय भएको हुँदा यसको क्षमता घट्दै गएकाले अहिले १० टन क्षमताभन्दा बढी भारबहन क्षमताका सवारीसाधन चल्न रोक लगाइएको छ ।
१० टन भन्दा माथिको ४० टनसम्मका भारबहन क्षमताका सवारीहरु बुटवलबाट चितवन हुँदै पोखराबाट स्याङ्जा आउनु पर्ने बाध्यता थियो । ठूला भारबहनका सवारी साधनहरु अब बुटवलबाट सिधै कम लागतमा स्याङ्जा आउने भएपछि स्थानीय व्यवसायी सहित उपभोक्ता समेत हाेमिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार
‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’
पुष १९, २०८१ शुक्रबार