चितवनमा पुस १० देखि हात्ती महोत्सव हुने
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार १६:१:४
३ पुस, काठमाडौं । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड–१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
होटल सङ्घ नेपाल (हान) अन्तर्गतको क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन संक्षण संस्था र रेष्टुरेन्ट एन्ड बार एसोसिएसनको सह–आयोजनामा १७औँ संस्करणको महोत्सव हुन लागेको हो ।
यस पटकको महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने आयोजकले जनाएको छ । हात्तीको शोषण भएको भनी पशुअधिकारकर्मीले विषय उठाएपछि यो पटक हात्तीलाई कष्ट हुने किसिमका प्रतियोगिता नहुने बताइएको हो ।
सङ्घका अनुसार यसपटक हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रमको तालिका रहेको छ ।
पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विनायक शाहले कोभिडपछि लयमा फर्किरहेको मुलुकको पर्यटनलाई थप गतिशील बनाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले अहिले ३५ लाख पर्यटकलाई सेवा दिने पूर्वाधार बनेको र पर्यटन पूर्वाधारमा खर्बौं लगानी भइसकेकाले ती पूर्वाधारबाट प्रतिफल लिनेगरी रणनीतिक प्रवद्र्धनका कार्यक्रम ल्याउन जरुरी भएको उल्लेख गरे । उनले ‘वाइल्ड लाइफ’ सफारीका लागि उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउने भएकाले चितवनमा हात्तीसम्बन्धी गतिविधि हुने गरेको भन्दै हात्तीको संरक्षण र अधिकारको विषयमा सजक रहेर गतिविधि सञ्चालन हुने उल्लेख गरे । उनले भने, “वाइल्ड लाइफ टुरिज्म’को मागअनुसार सेवा बढीभन्दा बढी पर्यटक आकर्षण गर्न हात्तीसम्बन्धी गतिविधि गर्दै आएको हो, हात्तीको महत्वले नै चितवनमा धेरै पर्यटक पुग्ने गरेका छन् ।”
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतीय पर्यटन प्रवद्र्धनका लागि नीतिगत सुधार जरुरी भएको उल्लेख गरे । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्स (नारा) का अध्यक्ष शिव अधिकारीले पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्र एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
महोत्सवबाट अन्तरराष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ । विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउन समेत महोत्सवले टेवा पुग्ने व्यवसायीको बुझाइ छ ।
महोत्सव सकिएलगत्तै क्षेत्रीय होटल सङ्घले नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा पुस १५ गते विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको क्षेत्रीय होटल सङ्घ चितवनका कोषाध्यक्ष माधव दुवाडीले जानकारी दिए ।
चितवन महानगरले सन् २०२४ लाई ‘चितवन भ्रमण वर्ष’का रुपमा घोषणा गरिएको छ । हात्ती महोत्सवले सो भ्रमण वर्षको प्रचारप्रसारमा पनि योगदान पुर्याउने जनाइएको छ ।
कोषाध्यक्ष दुवाडीका अनुसार सौराहा क्षेत्रमा अहिले पाँच हजार पाहुना व्यवस्थापन गर्ने होटलका शय्या छन् । महोत्सवमा दैनिक २० हजार हाराहारीको सहभागिता हुने आयोजकको अनुमान छ । महोत्सवका लागि रु एक करोड आठ लाख खर्च हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभृकुटीमण्डपमा भोलीदेखि १७ औं नेपाल र चीन तिव्वत व्यापार मेला
बैशाख १६, २०८१ आइतबार
हेमजामा सञ्चालन भएको आलु महोत्सव सकियो
बैशाख ६, २०८१ बिहिबार
नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने
चैत २८, २०८० बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
कप्तान रोहित बने 'प्लेयर अफ द सिरिज'
बैशाख २२, २०८१ शनिबार
कैलालीको गौरीगंगामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
बैशाख २२, २०८१ शनिबार
कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु
बैशाख २२, २०८१ शनिबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार