अझै पनि आवश्यक कानुन नबनाउने हो भने संघीयता राखेर काम छैनः मुख्यमन्त्री पाण्डे
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार १७:०:६
३ पुस, पोखरा । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयतासम्बन्धी कानुन नबनाउने यसलाई राख्नुको औचित्य नहुने बताएका छन् । उनले अब संघीयता कार्यान्वयन गर्छौ वा खारेज गर्छौ भन्नेमा नेताहरू स्पष्ट हुनुपर्ने बताएका छन् ।
कांग्रेस गण्डकी प्रदेश सम्मेलनका क्रममा मुख्यमन्त्री पाण्डेले संविधानमा लेखेकै कारण कांग्रेसले संघीयता स्वीकारेको हो कि साँच्चै मनैदेखि स्वीकार गरेको हो भन्ने प्रश्न गरे । अहिले संघीयता र त्यसमा पनि प्रदेश सरकारमाथि प्रहार चौतर्फी प्रहार भइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।
यो संघीयता संविधानमा लेखेका कारणले मात्रै मानिरहेका छौं कि साँच्चै संघीयतालाई लागु गर्ने पक्षमा दृढतापूर्वक अगाडि बढ्ने अब कांग्रेस पार्टीले प्रष्टताका साथ भन्नुपर्ने उनले बताए । उनले भने, ‘म तपाईंहरुलाई साक्षी राखेर सभापतिज्यू, महामन्त्री र आदरणीय साथीहरू, यो जिम्मेवारी कसको हो ? संघीय कानुन बनाउने जिम्मेवारी कसको हो । ?’ तपाईंहरुले कानुन नबनाइदिएका कारणले हामीले कानुन बनाउन सक्या छैनौं । हामीले कानुन नबनाएका कारणले स्थानीय तहले कानुन बनाउन सक्ने छैन ।’
यदि कांग्रेस संघीयताको पक्षमा दृढ भए संघीयता बलियो बनाउन चाहिने कानुन छिटो निर्माण गर्न अग्रसर हुनुपर्ने पाण्डेको भनाइ थियो । ‘कानुन तपाईंहरुले नबनाउने, तपाईंहरूको नालायकी, संघीय सरकार र संसदमा बस्ने सांसदहरुको नालायकीका कारणले कानुन नबन्ने अनि सडकका मञ्चबाट गाली मैले खानुपर्ने, हामीले खानुपर्ने ?’ उनले प्रश्न गरे ।
भाषणमा सिंहदरबार घरघर पुर्याउँछौँ र भने पनि प्रदेश सरकारलाई अधिकार दिने सवालमा संघीय सांसद पनि नबोलेको पाण्डेले बताए । संघीय सरकारसँग अधिकार माग्न १३ पुसमा प्रदेशका मुख्यमन्त्रीहरूको बैठक राखिएको र यो विषयमा स्पष्टसँग कुरा राख्ने पनि मुख्यमन्त्री पाण्डेले बताए । ‘संघीयताप्रति तपाईंहरूको दृष्टिकोण के हो ? यी कानुन नबनाउने हो भने प्रधानमन्त्री र सांसदले प्रस्टताका साथ भन्नुप¥यो, संघीयताबारे पुनर्विचार गर्छौं कि खारेज गर्छौं,’ मुख्यमन्त्री पाण्डेले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसद् बैठक बोलाउन आलटाल गर्नु लोकतन्त्रमाथि नै गम्भीर समस्याः माओवादी
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा
पुष १९, २०८१ शुक्रबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
संसद् बैठक बोलाउन आलटाल गर्नु लोकतन्त्रमाथि नै गम्भीर समस्याः माओवादी
पुष १९, २०८१ शुक्रबार
लोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार