पशुपन्छीको दाना भन्दै सुपारी तस्करी, १२० टन बरामद
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार २१:५०:१३
४ पुस, काठमाडौं । दाना भनेर ल्याएको सामानमा सुपारी भेटिएको छ । वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा १२० टन अवैध सुपारी भेटिएको छ । अर्थ मन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार भन्सार विभागले १२० टन सुपारी नियन्त्रणमा लिएको हो ।
फिड सप्लिमेन्ट (पशुपन्छीको दाना) घोषणा गर्दै भन्सार यार्डमा राखेका कन्टेनरबाट विभागबाट खटिएको टोलीले सुपारी बरामद गरेको स्रोतले जनाएको छ । पशुपक्षीको दानाको रुपमा ल्याइएको सो सामानमा सुपारी फेला परेपछि वीरगन्जका व्यापारीहरूबीच हल्लीखल्ली भएको छ । भन्सार यार्डमा रहेका सामान कुन व्यवसायीको भन्ने छानबिनका क्रममा रहेको स्रोतले जनाएको छ ।
बढी भन्सार महसुल लाग्ने वस्तु र आयात प्रतिबन्ध रहेका वस्तुहरूलाई कम भन्सार लाग्ने अर्कै वस्तु भनि भन्सारबाट छुटाउन व्यवसायीले सुपारीलाई फिड सम्लिमेन्ट बनाएका विभागका अधिकारीहरूको दावी छ । पशुपन्छीको दानामा ५ प्रतिशत भन्सार महसुल मात्रै लाग्ने, मूल्य अभिवृद्धि कर नलाग्ने भएकाले व्यवसायीले तेस्रो मुलुकबाट पशुपन्छीको दाना भन्दै सुपारी, पोस्ता दाना ल्याउन लागेको स्रोतले जनाएको छ । विभागबाट खटिएको टोलीले बुधबार मात्रै ६ वटा कन्टेनर खानतलासी गरेको थिए ।
६ वटा कन्टेरमा ३० देखि ३५ प्रतिशत फिड सप्लिमेन्ट र बाँकी सुपारी भेटिएको थियो । केही कन्टेनरमा मरिच लगायतका सामान भए पनि व्यवसायीले दाल घोषणा गरेका छन् । इन्डोनेसिया, मलेसिया लगायतका तेस्रो मुलुकबाट पशुपन्छीको दाना राख्ने बोरामा सुपारी हालेर ल्याइएको थियो । विभागले मंगलबार पनि २० टन सुपारी बरामद गरेको थियो । यस्तै, विभागले अहिलेसम्म पोस्ता दाना, छोकडा, मरिच लगायतका सामानहरू बरामद गरिसकेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्ड र गोदाममा विभिन्न पैठारीकर्ताले आयात प्रतिवद्ध रहेका र एउटा वस्तुलाई अर्कै भनि ल्याएको सूचनापछि विभागले सर्च अभियान चलाएको थियो ।
विभागका शाखा अधिकृत मधु खनालको नेतृत्वमा रहेको टोलीले पहिलो चरणमा सन् २०१८ देखि थन्किएर रहेका ६० दिन नाघेका भन्सार गोदाम र यार्डमा रहेका वस्तुहरू रहेका करिब ३८० कन्टेनरहरू खोलेर चेकजाँचको काम सुरु गरेको छ । हालसम्म १९० कन्टेनरहरूको चेकजाँच सम्पन्न गरेको स्रोतको दावी छ ।
चेकजाँच गरिएका कन्टेनरहरूमा आयात प्रतिबन्ध रहेका र उच्च भन्सार महसुल भएका रक्सी, सुपारी, पोस्तादाना, छोकडा, केराऊ, कपडा, फिड सप्लिमेन्ट, टायर सिलेन्ट, फ्लोरिङ, फ्रिज, इलेक्ट्रिक स्कुटर, औद्योगिक मेसिनरी, मासको दाल लगायतका मालवस्तुहरू फेला परेको विभागले जनाएको छ । भन्सारमा कमजोर नेतृत्व भएको समयमा भन्सार छुटाउने गरि त्यस्ता सामग्री बेवारिसे बनाइ राखिएको हुनसक्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार