पर्यटनमन्त्री किरातीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई दवाव
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार १२:७:४१
५ मंसिर, काठमाडौं । क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र मन्तव्यलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चौतर्फि दवाव परेको छ । सत्ता गठबन्धनका नेताहरूले जनताले विरोध सुरु गर्नुभन्दा पहिले नै मन्त्री किरातीलाई पदबाट बखास्त गर्न सुझाव दिएका छन् ।
आज बस्ने मन्त्रिपरिषदको बैठक अगाडी नै मन्त्री किरातीलाई पदबाट हटाउनुपर्ने राय गठबन्धन दलका नेताहरूले दिए पनि शीर्ष नेताहरूमा भने यस विषयमा छलफल भएको छैन् । मन्त्री किरातीलाई हटाउनुपर्ने भन्दै विभिन्न समूहहरुले प्रदर्शन समेत सुरु गर्ने भएका छन् । पर्यटनमन्त्री सुदन किराँती विवादमा मुछिएपछि प्रधानमन्त्री के गर्ने भन्ने सल्लाहमा जुटेको बताइएको छ । मन्त्री किरातीले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए ।
हिजो काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए । आफू राज्यको जिम्मेवार पदमा रहेको बिर्सेर उनी क्रिश्चियन धर्म प्रचारकका रूपमा प्रस्तुत भए । किराँतीले यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि मुछ्न पुगे ।
‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले उत्तेजित बन्दै भने, मन्त्री किराँतीले संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गरे ।
उनले भने, ‘संसारमा ३० प्रतिशत मान्छेले क्रिश्चियन धर्म मान्छन् । संसारले मानेको धर्म हामीले नमान्ने रु’किराँतीले प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गरे । यति मात्र होइन प्रचण्डलाई नै जिसससँग तुलना गर्न गरे ।
उनले भने, ‘अहिलेको प्रधानमन्त्री प्रचण्ड ज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे ।’
उनको भनाइलाई लिएर एमाले नेता गोकुल बास्कोटाले ९८ प्रतिशत देशद्रोही छन्, उनीहरूलाई थुन्न कत्रो जेल बनाउनुहुन्छ रु काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दिएको एक अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ ।
नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको ’बिबादस्पद अभिब्यक्ति’ लाइ लिएर काठमाडौंमा बिरोध प्रदर्शन गरिने भएको छ । ‘क्रिश्चियन नमान्ने संबिधान बिरोधी हुन’ भन्ने मन्त्री किराँतीले दिएको अभिव्यक्तिको बिरोध गर्दै काठमाडौंमा बिरोध प्रदर्शन गर्न लागिएको हो ।
विरोध सभाका एक आयोजक तथा संगत संस्कृतिका संयोजक पुष्पराज पुरूषका अनुसार सो बिरोध सभा बिहिबार पशुपति विकास कोषको कार्यालय, गौशाला अगाडी आयोजना हुनेछ । उनका अनुसार पुष ५ गते दिनको ठिक २ बजे देखि सो बिरोधसभा सुरू हुनेछ ।
सो बिरोधसभाका लागि नारा पनि तय गरिएको उनले जानकारी दिएका छन । जसअनुसार सो बिरोध सभामा ‘सुदन किराँती–राजिनामा दे’, ‘पशुपति विकास कोषमा गैरधार्मिक मान्छेको नियुक्ति बन्द गर– बन्द गर, बन्द गर’, ‘धर्म निरपेक्ष मुर्दावाद– मुर्दावाद मुर्दावाद, ‘सनातन हिन्दु राष्ट्र कायम गर– कायम गर ,कायम गर,’ जस्ता नाराहरू तय गरिएको छ ।
यता, राप्रपा नेपालका अध्यक्ष कमल थापाले उनलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेसँगै एमाले नेता गोकुल बास्कोटाले पनि टिप्पणी गरेका छन् । उनले थुन्नै पर्ने देशद्रोही 'अरू धर्म मान्ने' को संख्या करिब ९८ प्रतिशत रहेको उल्लेख गर्दै उनीहरूलाई थुन्न कत्रो जेल बनाउँला त रु भन्ने व्यङ्ग्यात्मक जिज्ञासा राखेका छन् । उनले भनेका छन्, संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब ? उनले थुन्नै पर्ने राष्ट्र द्रोहीको संख्या 'हिन्दु, बौद्ध, मुस्लिम आदी' करिब ९८५ रहेछ ।
यस्तै एमाले नेता बास्कोटाले माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भएको पनि बताएका छन् । धर्म व्यक्तिगत स्वतन्त्रता भएपनि संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान भएको बास्कोटाले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार