अब मह भिरमा रक क्लाइम्बिङ गर्न पाइने [ फोटोफिचर ]
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार १४:२५:४३
♦ मनिष अर्याल
५ पुस, काठमाडौं । साहसिक खेल मध्यको एक रक क्लाइम्बिङ अब सोलुखुम्बुको माप्य दुधकोशीमा पर्ने मह भिरमा गर्न पाइने भएको छ । गत हप्ता मात्र माप्य दुधकोशी गाँउपालिकाको वडा न ५ रोकामा पर्ने मह भिरमा रक क्लाइम्बिङको उद्घाटन गरिएको छ ।
रक क्लाइम्बिङ सेन्टरको उद्घाटन विश्वको सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गर्ने विश्वकिर्तिमानी आरोही कामीरिता शेर्पाले शुभारम्भ गरेका हुन् । माप्य दुधकोशी र ट्रेकिङ एजेन्सीज एशोसियशन नेपालको सहकार्य र माउन्टेन गाइड एशोसियशन नेपालको प्राविधिक सहयोगमा उक्त रक क्लाइम्बिङ सेन्टर निर्माण गरिएको छ । उक्त भिर १२० मिटर अग्लो रहेको छ ।
माप्य दुधकोशी र माउन्टेन गाइड एशोसियशन अफ नेपाल को सहकार्यमा उक्त रक क्लाइम्बिङ सेन्टरमा विभिन्न वडाहरु बाट गरि १२ जना स्थानीय युवा हरुलाइ रक क्लाइम्बिङको आधारभूत तालिम पनि दिइएको छ । पुर्ण तालिमका लागी दुई महिना लाग्ने भएकाले अहिले लाइ आधारभूत तालिम मात्र दिइएको माउन्टेन गाइड एशोसिएशन नेपाल का अध्यक्ष संजिव गुरुङ्गले जानकारी दिए ।
रक क्लाइबिङ एउटा साहसिक खेलमा पर्ने भएकाले एकै चोटि तालिम दिएर नहुने भएकोले रक गाइडको लागि पहिलो चरण अन्तर्गतको आधारभूत तालिम दिइएको छ , उनि भन्छन्, पालिका सङ्ग समन्वय गरेर थप तालिमका लागि अझै युवाहरु लाइ तालिम दिन सकिने छ । गत शुक्रवार उद्घाटन गरिएको मह भिरको भविष्य निकै राम्रो रहेको ट्रेकिङ्ग एजेन्सी एशोसिएशन नेपाल का अध्यक्ष निलहरि बास्तोलाले बताए । उनले सोलुखुम्बुको पर्यटन मा मह भिरको रक क्लाइम्बिङ सेन्टर थप टेवा पुराउने बताए। खतराबाट बच्न र क्लाइम्बिङ गर्नेहरूबाट उद्धारमा समेत सहयोग पुग्ने यो तालिम आफ्नो गाउपालिकामा गराउने अवसर पाएकोमा माप्य दुधकोशि गाँउपालिका अध्यक्ष बुद्धि किरण राई निकै खुसी छन ।
माप्यमै रक क्लाइम्बिङ सेन्टर खोलेर स्वदेशि मात्र नभै विदेशी रक क्लाइम्बरहरुलाइ लेराएर खेलाउन सकिने उनले बताए । उनि भन्छन्, माप्य दुध कोशि लाइ स्पोर्ट्स हब को रुपमा लग्दै जाने क्रममा हामीले मह भिरमा रक क्लाइम्बिङ सेन्टर स्थापना गरेका छौ र यस सङ्गै भलिबल मैदान , जीपलाइन, अरू अन्य खेलका गतिविधि गर्नको लागि अध्यन गर्दै छौ । सगरमाथा क्षेत्रमा जोडिने सडक खण्डको छेउमै मह भिर भएकाले व्यापारिक प्रवर्द्धनमा पनि माप्य दुधकोशि गाँउपालिका स्थानीयहरु निकै हर्षित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार
अनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार