धनुषाको हंसपुर प्रहरी चौकीमाथि स्थानीयको आक्रमण, गोली लागेर एकजना घाइते
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार ११:१७:४५
६ पुष, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–५ मा दुई समूहको विवादपश्चात एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेका छन् ।
ठूलो संख्यामा आएका स्थानीयले प्रहरी चौकी तोडफोड गर्न थालेपछि स्थिति तनाव ग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले ढुंगामुढासमेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर प्रदर्शनकारी शिवशंकर मण्डल घाइते भएका छन् । एमाले कार्यकर्ता मण्डललाई उपचारका लागि अहिले जनकपुरधाम लगिएको छ । हंसपुर नगरपालिका–५ का शंकर ठाकुरको छोरा र अरुण मण्डलको छोराबीच झगडा हुँदा छिमेकी दीपा मण्डल छुट्याउन पुगेका थिए । ६५ वर्षीय मण्डल नै कुटिएर घाइते भएपछि अस्पताल लगिएको थियो ।
हंसपुरका मेयर प्रदीप यादवका अनुसार टाउको कसले फोड्यो थाहा भएन । उनको मृत्यु उपचारका क्रममा भएको हो । मण्डलको मृत्यु प्रहरीले कुटेर भएको भन्दै स्थानीयले प्रहरी चौकी तोडफोड गरेको बताउँदै मेयर यादवले भने, गाउँलेले प्रहरीमाथि आरोप लगाएपनि यसको पुष्टि भएको छैन । यो रातिको घटना हो ।’
उनका अनुसार मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले चोरीको विषयमा दुई पक्षबीच विवाद भएपछि एकजनाको मृत्यु भएको र सोही विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार