अल्पमत कि बहुमत भनेर हतार नगरौ, सहमतिबाट जानुपर्छः कानुनमन्त्री गुरुङ
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार १४:४४:१८
६ पुस, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अल्पमत र बहुमतमा लान नहुने बताएका छन् । उनले सहमतिबाटै अगाडि बढाउनुपर्ने बताएका छन् । अल्पमत र बहुमतको प्रक्रियाबाट विवादित विषय टुंग्याउने हतारो नगर्न समेत उनले संसदीय ससितिलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न कानुनमन्त्री गुरुङलाई बोलाएको थियो ।
कानुन समितिमा सहमति जुट्न बाँकी विधयेकका चार विषयमा शीर्ष तहमा छलफल भएको छ । तर फेरि छलफल गर्ने बाहेक अरु सहमति नभएको भन्दै यो विषयमा सहमति हुन सकेको छैन ।
सबै एकमत भएर बृहत शान्ति सम्झौता भएको भन्दै उनले प्रक्रियामा जान तयार गर्न नहुने बताए । ‘सकेसम्म सहमतिमा टुंग्याउनुपर्छ’ जिम्मेवारी समितिको भएपनि राजनीतिसँग जोडिएको विषय भएकाले शीर्ष तहमा पनि सहमति खोज्नुपर्ने उनले बताए, ‘भोलि कसैगरी भएन भने विकल्पहरु सोचौंला ।’
शीर्ष तहमा टुंगिएपछि वा यसरी जाने भनेर सहमति भएपछि बैठक राख्न समते उनले आग्रह गरे । ‘शीर्ष तहका नेताहरु यो विषय यत्तिकै राख्ने भन्नेमा हुनुहुन्न’ विषयबस्तुमा सहमति नजुटे प्रक्रियामा सहमति खोज्ने भन्दै कानुनमन्त्री गुरुङले भने, ‘यसरी जाउँ भन्ने संकेत गर्नुभयो भने सजिलो पनि होला ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवाले लेखकलाई बनाए कार्यसम्पादन समितिको सदस्य
जेठ १०, २०८१ बिहिबार
जसपा नेपालको केन्द्रीय समिति निर्वाचन कार्यतालिका तयार
जेठ १०, २०८१ बिहिबार
सहकारीको मुद्दा लिएर सडकमा कांग्रेसः ७ निर्णय, ७ सन्देश
जेठ १०, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार