अबको नँया गन्तव्य ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’
नेपालबहस संवाददाता
पुस ७, २०८० शनिबार १६:७:५६
मनिष अर्याल
७ पुस, काठमाडौं । पछिल्लो समय नेपालमा विदेशी पर्यटक को साथसाथै स्वदेशी पर्यटकहरुको चहलपहलले नेपाली पर्यटन क्षेत्रमा केही उत्साह जागेको अवस्था छ । यो वर्ष मात्रै नेपाल पर्यटन बोर्डका अनुसार सन २०२३ को नौ महिना ( जनवरी देखि सेप्टेम्बर ) सम्म ६ लाख ८५ हजारको हाराहारीमा विदेशी पर्यटक भित्रिएका छ्न ।
पर्वतीय सिजनमा पर्यटकहरुको संख्या वृद्धि हुने पर्यटन व्यवसायी हरु बताउँछन् । ट्रेकिङ्गमा पनि विशेष गरि आन्तरिक पर्यटकहरूको सख्या पनि उत्साहजनक नै छ । हिमाल आरोहण सङसङ्गै , नजिकबाट हिमाल हेर्नको लागि नेपालमा पदमार्गहरु थुप्रै छन ।
यस्तै ट्रेकिङ्ग गर्न मन पराउनेहरुको लागि सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाँउपालिकामा नँया पदमार्ग शुभारम्भ भएको छ । ‘ एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग ’ नाम दिइएको पदमार्गमा तल्लो सोलुखुम्बु क्षेत्रबाट सुरु भइ विश्वकै सर्वोच्च शिखर सगरमाथासँगै २८ बढि हिमालहरू हेर्दै स्थानीय शेर्पा,खालिङ राइहरुको संस्कृतिमा रमाउन पाइने छ ।
माप्य दुधकोशीको सहयोगमा दक्ष गाइड, नक्सा विज्ञ , जिपिएस एक्सपर्ट लगाएत टिमको निरन्तर अध्ययन र मिहिनेत पछि यो नँया पदमार्ग शुभारम्भ गरिएको छ । यो पदमार्ग सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी बजारबाट ७ किलोमिटर दुरिमा माप्य दुधकोशी गाँउपालिकाको वडा न ५ मा पर्ने सिलिगुडी डाडा ( ३०२० ) मिटर बाट सुरु हुन्छ ।
काठमाडौं बाट हिँडेको पहिलो दिनमै सल्लेरी पुगेर त्यहाँ बाट जिपमा सिलिगुडी डाँडा पुग्न सकिन्छ । सिलिगुडी डाँडामा गाउपालिकाको सहयोगमा गोठ स्टे तयार पारिएको छ । सल्लेरी – लुक्ला सडक खण्ड अन्तर्गत पर्ने सिलिगुडी डाँडामा गोठ स्टे लगाएत अन्य होटलहरू पनि छ । सिलिगुडी डाँडामा यात्रा को थकाइ मेटाउँदै पहिलो दिनको सुर्योदय सङ्गै सगरमाथा सङ्गसङ्गै २८ अन्य हिमालहरू देख्न पाइन्छ ।
यहि डाँडाबाट एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग सुरु हुन्छ । सिलिगुडी डाँडाबाट रातनाङ्गे डाँडा हुदै हिम शृङ्खलाहरूको मजा लिग्दै गुराँस गुराँसको जङ्गल हुँदै करिब ४ देखि ५ घन्टाको ट्रेकिङ्ग पछि घुम्ने मेरा गाउ पुग्छौ । घुम्ने मेरा शेर्पा समुदाय बसोबास गर्ने गाउ हो । सांस्कृतिक पदमार्ग अन्तर्गत पर्ने घुम्ने मेरामा च्याङमितेङ गुम्बा पनि छ ।
त्यहाँ हामी शाकाहारी खाना खाएर गुम्बामै स्थनिय शेर्पाहरूले नाच र संस्कृतिमा रमाउन पाइन्छ । घुम्ने मेरामा केहि समय बिताएपछि पहिलो दिनको गन्तव्य कुदाम मिड क्याम्प तर्फ लाग्छौ । घुम्ने मेराबाट उकालो लाग्दै करिब २ घन्टाको हिँडाइ पछि हामी कुदाम मिड क्याम्प पुग्छौ । कुदाम मिड क्याम्प खुला चौर भएकाले अहिले तत्काललाई टेन्टहरु गाँउपालिकाले व्यवस्था गर्ने र गोठ स्टे बनाउनको लागि गाँउपालिकाले योजना अगाडि बढाएको छ । पहिलो रात कुदाम मिड क्याम्पमा बिताएर दोस्रो दिन बिहानै सुर्योदय हेर्न मिड क्याम्प देखि १ घन्टा उकालो चढाइ पछि कुदाम हाइ क्याम्प (३२०० मिटर ) ।
एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्ने सबैभन्दा उचाइमा पुग्ने कुदामबाट २८ वटा भन्दा बढी हिमालहरू नजिकैबाट अवलोकन गर्न सकिन्छ । कुदाम बाट नुम्बुरचुलि (६९५९) , कार्यलुङ (६५११) , बिगफेरा (६६००) , चोबुजे (६६८५) , लोबुचे (६९९५) , चुम्बु (६८५९) , काङ्तेका (६७८३) , मेरापिक (६४७६) , चाम्लाङ (७३१९) , लगायत अन्य २८ भन्दा बढि हिमालहरू देख्न पाइन्छ ।
कुदाम हाइ क्याम्पमा दृश्य अवलोकन गरिसकेपछ फेरि मिड क्याम्पमा झरेर खाना खाएर हामी , दोस्रो दिनको गन्तव्य योतेल्मे तर्फ लाग्छौ । कुदाम मिड क्याम्प बाटो ओरालो बाटो हुँदै करिब २ देखि ३ घन्टाको समयमा योतेल्मे पुग्न सकिन्छ । योतेल्मेमा गाँउपालिकाले पर्यटक लाइ खान र बस्न मिल्ने गरि गोठ स्टे निर्माण गरेको छ । अब पदमार्ग पुर्ण रुपमा चल्ना लागेपछि त्यो गोठ स्टेमा स्थानियलाई नै ठेक्का दिएर चलाउने योजना रहेको गाँउपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिए । योतेल्मेमा दोस्रो रातको बास सङ्गै नुम्बुरचुली र कार्यलुङको सुर्यास्तको निकै मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ ।
तेस्रो दिन बिहान सुर्योदय सङ्गै उठ्दा पहेला सुन जस्तै ट्ल्केका हिमालहरू आखै अगाडि देख्न पाउँदा मन आन्नदित हुन्छ । योतेल्मेबाट करिब ३ घन्टाको हिडाइ पश्चात , खालिङ राईहरुको बसोबास गर्ने गाउ ठुल ढुङ्गा पुगिन्छ । बिहानीको खाना हामि राई संस्कृतिमा रमाउँदै भुमे नाच लगायत अन्य खालिङ राई सङ्ग जोडिएका नाचहरु हेर्न पाइन्छ ।
‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग ’ अन्तर्गतको तिन दिने ट्रेकिङ्ग ठुल ढुङ्गा, जुन सल्लेरी – लुक्ला सडकखण्डको मुख्य गरि राई समुदाय लगायत अन्य समुदाय बसोबास गर्ने ठुल ढुङ्गामा आएर सकिन्छ । यस सङ्गै दिन लम्ब्याउन चाहनेको लागि , यहि पदमार्गबाट सगरमाथा आधारशिविर र मेरापिकको पदमार्गमा जोडिन सक्छौ । एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गलाइ नमुना गन्तव्य बनाएर लैजाने तयारी सङ्गै बहु जातिय बसोबास रहेको गाउपालिकामा सांस्कृतिक कुराहरूमा अध्यन गर्न, घुम्न को लागि उपयुक्त रहेको गाउपालिका अध्यक्ष बुद्दिकिरण राइ बताउँछन् ।
पदमार्ग सङ्गै सल्लेरी – लुक्ला सडकखण्डमै रक क्लाइम्बिङको पनि उदघाट्न गरिएको छ । माप्य दुधकोशी र ट्रेकिङ एजेन्सीज एसोसिएसन नेपालको सहकार्य र माउन्टेन गाइड एसोसिएसन नेपालको प्राविधिक सहयोगमा उक्त रक क्लाइम्बिङ सेन्टर निर्माण गरिएको हो । उक्त भिर १२० मिटर अग्लो रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार