छुट्टाछुट्टै दुर्घटनामा ९ जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
पुस ७, २०८० शनिबार १६:५९:१३
७ पुस, काठमाडौं । देशका विभिन्न ठाउँ भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंकाे गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बसपार्कमा बा.२ ख २२८४ नम्बरको बसको ठक्करबाट पैदलयात्रीकाे मृत्यु भएको छ ।
दुर्घटनामा परि मकवानपुर भिमफेदी गाउँपालिका-६ घर भई हाल काठमाडौं सुन्दरीजल बस्ने २५ वर्षीय सरोज बिकको शनिबार बिहान मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै चितवनकाे कालिका नगरपालिका-१ लङकालाईनमा भरतपुरबाट खालेसिमलतर्फ जाँदै गरेको बा.११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने २७ वर्षीय विष्णु क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-५ बिकास चोकमा ना।६ ख ७९५४ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-५ बिकास चोक बस्ने २३ वर्षीया अमृता मिश्रको शनिबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता महोत्तरीकाे बलवा नगरपालिका-११ रातो खोल पुलमा प्रदेश २-०२-००४ प ३५४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बलवा नगरपालिका-११ रौजा बस्ने १८ वर्षीय तमन्ना कवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै प्रहरीका अनुसार सर्लाहीकाे ईश्वरपुर नगरपालिका-१२ बाँके जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवार साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको शुक्रबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
बारामा पनि मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुई जनाकाे मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति प्रसौनी गाउँपालिका-२ दुधौरा खोलाको पुलमा कलैयाबाट वीरगंजतर्फ जाँदै गरेको म.प्र.०३-०३० प ४३९८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाकाे मृत्यु भएको हाे ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-१३ बलिरामपुर बस्ने २२ वर्षीय कुन्दन मेहता खत्री र सोही उपमहानगरपालिका-१२ सितलपुर बस्ने २२ वर्षीय अभिमनु कुशवाहा रहेकाे प्रहरीले जनाएकाे छ। दुर्घटनामा गम्भीर घाइते भएका कुन्दनको एलएस न्यूरो अस्पताल परवानीपुरमा र अभिमनुको एनएमसि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै भक्तपुरकाे सूर्यबिनायक नगरपालिका-९ जगाती पुलस्थित सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.१० च ८२८३ नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री रोल्पा घर भएका ३१ वर्षीय अर्जुन घर्तीमगरको शुक्रबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसि अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता सल्यानमा पनि जेसीबी अनियन्त्रित हुँदा एक जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार बाग्चौर नगरपालिका-३ स्यालागैरास्थित सडकमा रा.१ क ८५९ नम्बरको तिरूपाते कम्पनीको जेसीबी अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा जेसीबीका सह-चालक दाङ गढुवा गाउँपालिका-५ बस्ने २४ वर्षीय दिपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार