शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न
नेपालबहस संवाददाता
पुस ९, २०८० सोमबार १५:२:४८
९ पुस, काठमाडौं । शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।
मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान मूल नाराका साथ शुरु गरिएको यो प्रतियोगिता तेश्रो चरणको कार्यक्रम सम्पन्न गर्दै तिन जना विजेता र १२ जनालाई सान्तवना पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ ।
शौर्य सिमेन्टका प्लान्ट हेड श्री गुरु दयाल सिंहको अध्यक्षता र मधेश प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला पोखरेल, वरिष्ठ साहित्यकार राजेन्द्र बिमल, लोक कोकिला रशिम रानीसहित विभिन्न वडाका वडाध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा पहिलो हुनेमा सप्तरिकि मिथिला चित्रकार रुबी कर्ण, दोश्रो हुनेमा महोतरीकि नेहा कुमारी, तेश्रो हुनेमा धनुषा जनकपुरधामकी बिना कर्ण रहेकि छिन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ७५ हजार, दोश्रो हुनेलाई नगद रु ५० हजार र तेश्रो हुनेलाई नगद रु २५ हजार साथै बाँकि १२ जनालाई सान्तवना पुरस्कार नगद रु ११ हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो । तेश्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएकी थिइन् ।
कार्यक्रममा शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज कुमार महतले स्वागत मन्तव्य राखेका थिए । साथै यस कार्यक्रमको उद्घोषण सन्तोष लाल दासले गरेका हुन्। उक्त प्रतियोगितामा निर्णायकको भुमिकामा मिथिला चित्रकार श्याम सुन्दर यादव, मिथिला चित्रकार सुनैना ठाकुर र मिथिला देवी रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
असोज ८, २०८१ मंगलबार
मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
हाकिमको आदेशविना ५० लाख झ्वाम, पत्याउनै कठिन !
असोज ८, २०८१ मंगलबार
आईसीसी विश्वकप क्रिकेटः वर्षाका कारण नेपाल र ओमान बीचको खेलका लागि ट्स हुन सकेन
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
वनमन्त्री र भुटानका ऊर्जा मन्त्रीबीच भेटवार्ता
असोज ८, २०८१ मंगलबार
मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने
असोज ८, २०८१ मंगलबार
सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
असोज ८, २०८१ मंगलबार