राष्ट्रियसभामा कोशी कांग्रेसबाट आठ जनाको नाम सिफारिस,सिटौलादेखि सुजतासम्मका पुरानै अनुहार
नेपालबहस संवाददाता
पुस १०, २०८० मंगलबार १५:१६:२२
१० पुस, विराटनगर । नेपाली कांग्रेसले कोशीबाट राष्ट्रियसभा सदस्य निर्वाचन लागि उमेदवारको नाम सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो ।
कांग्रेसले संघीय सरकारमा यसअघि मन्त्री भइसकेका चारजना सिफारिस गरेको छ । पार्टीका पूर्वमहामन्त्री तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्रीहरु महेश आचार्य, डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस भएको छ ।
यसैगरी पूर्वसंघीय सांसद डिला संग्रौला, नेविसंघ पूर्वसभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आंगेलु शेर्पा र रुक्मिणी कोइराला सिफारिस भएका छन् । तलबाट प्रक्रियागत रूपमा आएका नामहरूको विषयमा छलफल गरी केन्द्रलाई पठाउने निर्णय कोशी कांग्रेसले गरेको हो ।
बैठकले प्रदेशस्तरीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा कांग्रेस कोसी प्रदेश समितिका उपाध्यक्ष रमेशजंग रायमाझीलाई नियुक्त गरेको छ । बैठकले कांग्रेसको कोसी प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको छ । सम्मेलनको मिति तय नभएपनि माघ अन्तिमसम्ममा गर्ने तयारी रहेको जानकारी दिए ।
राष्ट्रियसभामा रिक्त हुने पदको पूर्ति गर्ने उद्देश्यसाथ निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुने निर्वाचन आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार