सलमान खानको पहिलो प्रेमिका को हो ? तपाईलाई थाहा छ ?
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार ११:२५:४२
११ पुस, मुम्बई । सलमान खान आफ्ना फिल्मका लागि जति हिट भएका छन्, उनी आफ्नो प्रेम सम्बन्धका कारण पनि उत्तिकै चर्चित छन् ।
सलमान खानको जीवनमा धेरै प्रेमिका आए र गए । कतिपयको त यो कुरा बिहेसम्म पनि पुगेको बताइएको छ । विवाहको कार्ड पनि छापिएको थियो तर सलमान खानको विवाह महोत्सबको आयोजना हुन सकेन । संगीता बिजलानी, सोमी अली, ऐश्वर्या र्राय जस्ता नामहरू सबैलाई थाहा छ।
आज उनको ५८ औं जन्मदिन हो । यो जन्मदिनमा आज तपाईलाई हामी उनको पहिलो ‘गर्ल फ्रेन्ड’ को कथा सुनाउँछौं, जससँग झन्डै झन्डै बिबाह भई नै सकेको थियो । तर कमैलाई थाहा छ कि सलमान खान एक सुन्दर महिलाको प्रेममा यति पागल थिए कि उनी सडकमा उभिएर घण्टौंसम्म उनको प्रतीक्षा गर्थे । उक्त सुन्दरीसँग विवाहको कुरा पनि पुष्टि भएको थियो । यदि सबै कुरा ठीक भएको भए सलमान खानको सम्बन्ध अशोक कुमारसँग जोडिन्थ्यो । तर, अर्की अभिनेत्रीको प्रवेशसँगै कथामा ट्विस्ट आयो ।
यो घटना सलमान खानको कलेज स्टोरीमा पनि समावेश छ । उनी आफ्नो कलेजकी छात्रा शाहिन जाफरीसँग गहिरो प्रेममा थिए । भनिन्छ, सलमान खानले शाहिन जाफरीसँग आफ्नै घरमा विवाह गर्ने इच्छा व्यक्त गरेका थिए र उनले अनुमोदन पनि पाएका थिए । सलमान खान शाहिन जाफरीलाई यति धेरै माया गर्थे कि उनी एक ठाउँमा उभिएर उनलाई भेट्न घण्टौं कुर्दथे।
शाहिन जाफरी बलिउडका चर्चित स्टार अशोक कुमारकी छोरी हुन् । जब उनी १९ वर्षकी थिइन्, सलमान खानले उनलाई आफ्नो मुटु दिएका थिए । सलमान खान र शाहिन जाफरीको विवाह हुन्थ्यो तर एक अभिनेत्रीको प्रवेशले उनीहरुको जीवनमा ठूलो ट्विस्ट ल्यायो ।
यो अभिनेत्री संगीता बिजलानी थिइन्, जसले त्यतिबेला ब्यूटी क्राउन जितेकी थिइन् र सलमान खान र शाहिन जाफरी पनि त्यही जिममा जान्थे । भनिन्छ, सलमान खान र संगीता बिजलानीको निकटता बढ्न थाल्यो र उनले शाहीन जाफरीसँग ब्रेकअप भयो, बिबाहको स्टोरी नै समाप्त भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार